Comments Add Comment

बालबालिकालाई बुद्धिमान बनाउन चार बर्ष भित्रै सिकाउनुस् धेरै कुरा

हरेक आमाबाबुको चाहना हुन्छ, उनीहरूको बालबालिका  बुद्धिमान होऊन् । हरेक क्षेत्रमा सफल होऊन् । यसका लागि प्रत्येक आमाबाबुले बालबालिकालाई राम्रो स्कुलमा पढाउनुका साथै उनीहरूको खानपानमा विशेष ध्यान दिने गर्छन् । उनीलाई सोच्ने गर्छन्, बालबालिकाहरूको आई क्यू लेभल जति राम्रो हुन्छ, उनीहरू जीवनमा पनि त्यति नै धेरै सफल हुने गर्छन् ।

सबैमा एकनासे क्षमता हुँदैन । नचाहँदा नचाहँदै पनि कतिपय बालबालिका सोचेअनुरूप बुद्धिमान् हुँदैनन् । हरेक बालबालिकामा फरक क्षमता हुन्छ ।

कतिपय कुरा उनीहरूको जीनमा भरपर्छ भने कतिपय उनीहरू कस्तो परिवेशमा बस्छन्, त्यसमा पनि निर्भर गर्छ । कतिपय अध्ययनले कतिसम्म भनेका छन् भने केही कुरामा ध्यान दिएर बालबालिकाहरूको आई क्यू बढाउन सकिन्छ ।

सानै बेलादेखि प्रयास गर्नें

मानिसको मस्तिष्कको झण्डै ९० प्रतिशत भाग जन्मेदेखि चार वर्षको उमेर नपुग्दासम्म विकास हुने गर्छ । बाँकी दश प्रतिशत भाग मात्र चार वर्षको उमेरपछि विकास हुने गर्छ । त्यसैले बालबालिकालाई बुद्धिमान बनाउने चाहना छ भने सुरुदेखि नै प्रयास गर्नुपर्छ । यसका लागि बालबालिकाले बोल्न नजाने पनि उनीहरूसित धेरैभन्दा धेरै कुरा गर्नुपर्छ । कुरा गर्दा जहिले पनि उनीहरूको आँखामा हेर्ने र उनीहरूलाई पनि आˆनो आँखामा हेरेर कुरा गर्न सिकाउनुपर्छ ।

बालबालिका एक वर्षको भएपछि वरिपरिका चीजबारे जानकारी दिनुका साथै उनीहरूले सोधेका  हरेक प्रश्नको सही जवाफ दिनुपर्छ । बालबालिकालाई भूत, जनावर वा अन्य कुनै रहस्यमयी व्यक्तिको नाम लिएर तर्साउनुभन्दा त्यस पछाडिको सत्यताबारे अवगत गराउनुपर्छ । बालबालिकालाई मायाका साथै सम्मान दिनु आवश्यक छ । यसका लागि बालबालिकाको अगाडि कुरा गर्दा अपशब्दको प्रयोग गर्नु हुँदैन । बालबालिकालाई प्रकृतिसित परिचित गराउनुका साथै प्रकृतिको नियम तथा त्यसको महत्वबारे पनि बुझाउनु पर्छ ।

कुरा गर्नाले बढ्छ आई क्यु लेभल

बालबालिकाको दिमाग कति छिटो चल्छ भन्ने कुरा उसको आई क्यू लेभलले निर्धारण गर्छ । बालबालिकासित कुरा गर्दा उक्त कुराले बालबालिकाको दिमागमा गहिरो प्रभाव पार्दछ । अझ नयाँ नयाँ कुरा हेर्ने तथा त्यसलाई जान्ने प्रयासले मस्तिष्कको अलग अलग कोष क्रियाशील हुने गर्दछ । बालबालिकालाई सानै बेलादेखि नयाँ नयाँ कुरा सिकाए दिमागको कोष क्रियाशील भई उनीहरूको आईक्यू लेभल बढ्ने गर्छ ।

खानपानले गर्छ असर

मानव मस्तिष्कमा खानपानले गहिरो प्रभाव पार्दछ । त्यसैले चिकित्सकहरू पनि खानपानमा पौष्टिक आहार लिने सल्लाह दिन्छन् । पौष्टिक आहारको सेवनले दिमागलाई पोषकतत्व प्रदान हुन्छ, जसले मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न मद्दत गर्छ । यसको लागि बालबालिका छ महिनाको भएपछि उनीहरूलाई दालको झोल ख्वाउने सुझाव दिने गरिन्छ । दालको पानीमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । त्यसका साथै बालबालिकालाई हरियो सागसब्जी, गोलभेँडा, लौका, माछा आदि ख्वाउनु पर्छ । माछामा पाइने ओमेगा ३ ले दिमागी विकास गराउँछ ।  यसले बालबालिकाको आई क्यु लेभल बढाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment