Comments Add Comment

बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्‍याली

३० वैशाख, बुटवल । बन्दको बिरोध गर्दै युवाहरुको समूहले बुटवलमा मोटरसाइकल र्‍याली निकालेका छन् ।

विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समूहले बन्दको बिरोधमा र्‍याली निकालेको हो । ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीपछि ट्राफिकचोकमा आयोजित कोणसभामा विवेकशील साझा पार्टी रुपन्देही संयोजक हरिकृष्ण अधिकारी, समूहका अर्जुन खरेल लगायतका युवाहरुले बोल्दै बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताए ।

बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ ।

बन्द आव्हानका कारण सार्वजनिक यातायातका सवारीसाधन चलेका छैनन् । तर, निजी गाडीहरु र मोटरसाइकल भने चलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment