Comments Add Comment

यात्रुको ६ लाख रुपैयाँसहित ट्याक्सी चालक पक्राउ

३१ वैशाख, काठमाडौं । यात्रुले बिर्सिएको ७ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका ट्याक्सी चालकलाई महानगर प्रहरी बृत्त कमलपोखरीले पक्राउ गरेको छ ।

नवलपरासीको कावासोती घर भइ काठमाडौं महानगरपालिका-५ हाडिगाउँ बस्ने बा१ज ३६६५ नम्बरको भाडाको ट्याक्सी चालक २९ वर्षे अशोक थापालाई प्रहरीले ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

चालक थापाले गत २६ गते जितपुर सिमरा उपमहानगरपालिका-१४ का ६७ वर्षे नारायणप्रसाद पाठकले छोरा रेमशप्रसाद पाठकले कमलादीमा संचालन गरेको पसलका लागि उक्त रकम लिएर ट्याक्सीमा चढेका थिए । तर, कमलादी चोकमा झर्दा रूपैयाँ ट्याक्सीमै बिर्सिएपछि चालकले लिएर फरार भएका थिए ।

महानगरीय ट्राफिक प्रहरीको सीसी टीभी फुटेजका माध्यमबाट उक्त रकम चालकले नै लिएको थाहा भएपछि प्रहरीले चालक थापालाई पक्राउ गरेको हो ।

उक्त रकम टोखा नगरपालिका-३ स्थित वर्षा गुरुङको कोठामा राखेको अवस्थामा थापासहित बरामद गरेको जनाएको छ । हराएको बाँकी एक लाख ५५ हजार रुपैयाँ भने भेटिएको छैन ।

पाठकले ७ लाख ५५ हजार रुपैयाँ पसलका लागि भनेर सिमराको बैंकबाट झिकी ल्याएका थिए ।

पक्राउ परेका चालक थापा केही सार्वजनिक मुद्दामा कमलपोखरीमै थुनामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment