Comments Add Comment

‘तराई-मधेस समृद्धिमा प्रधानमन्त्री अभियान’ संचालन गर्न माग

प्रदेश २ का सांसदले सामुहिक रुपमा भेटे प्रधानमन्त्री ओलीलाई

१ जेठ, काठमाडौं । समृद्धिका लागि विशेष अभियान संचालन गर्न प्रदेश २ का सांसदहरुले सरकारसँग आग्रह गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका बेला प्रदेश २ का सांसदहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटगरी प्रदेश २ को समृद्धिका लागि विशेष अभियान संचालन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका प्रदेश २ का सबै दलका सांसदहरुले समृद्धिका लागि ‘तराई-मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ संचालन गर्न आग्रह गरेका थिए ।

‘तराई मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै संचालन गर्न प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरिएको प्रदेश २ बाट प्रतिनिधित्व गर्नु हुने राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले जानकारी दिए ।

उनले कृषि क्षेत्रको सुधार र चुरे संरक्षणमा जोड नदिए तराई, मधेशमा भयावह अवस्था सृजना हुने कुुरातर्फ पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइएको बताए ।

पीछडिएको क्षेत्र भएकाले प्रदेश २ को विकासमा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद प्रदिप यादवले जानकारी दिए ।

सांसदहरुले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

तटबन्ध निर्माण कार्यलाई तीव्रता दिएर बाढी र डुबान समस्या सदाका लागि अन्त्य गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको प्रतिनिधिसभाका सांसद यादवले बताए ।

भेटमा प्रधानमन्त्री ओलीले पनि प्रदेश २ को विकासका लागि आफूले उच्च प्राथमिकता दिने बताएका थिए ।

तराई, मधेशको शिक्षा, खानेपानी, सिँचाईलगायतका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीले बताएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको क्रममा दिएको प्रदेश २ को मुख्यमन्त्री लालबाबु यादवले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment