Comments Add Comment

ठूला व्यानरका फिल्म छाड्दा ऐश्वर्याको टाउकोमा हात


बलिउड अभिनेत्री ऐश्वर्या राय फिल्म खेल्ने मामलामा एकदम चुजी छिन् । तर, आवश्यकताभन्दा बढि चुजी हुँदा उनको करिअरलाई ठूलो घाटा भइरहेको छ ।

ऐश्वर्याले रिजेक्ट गरेका थुप्रै फिल्म अन्तमा ब्लक बस्टर सावित भए । त्यस्ता फिल्महरुको नाम लिनुपर्दा राजा हिन्दुस्तानी, कुछ कुछ होता है, चल्ते चल्ते, मुन्ना भाई एमबीबीएस, वीरजरा आदि छन् ।

हालै क्यान्स फिल्म फेस्टिबलमा पत्रकारहरुसँग कुरा गर्दै ऐश्वर्याले विगतमा छोडेका फिल्महरुप्रति पछुतो मानिन् । उनले भनिन्, ‘सेड्यूल नमिलेको बहानामा मैले धेरै राम्रा फिल्महरु छोडेँ, जसले गर्दा मलाई घाटा भएको छ । मैले ती फिल्महरु गरेको भए आज अर्कै स्थिति हुन सक्थ्यो ।’

आफू सकभर एउटा फिल्मसँग अर्को फिल्म नजुधाउने प्रयासमा रहने गरेको उनी बताउँछिन् । ‘एउटा फिल्मको काम सकिएपछि मात्रै अर्को फिल्ममा हात हाल्ने मेरो बानी थियो, त्यसो गर्नु नहुने रहेछ,’ उनले भनिन्, ‘धेरैले एकैसाथ दुई-तीन वटा फिल्ममा सहजै अभिनय गरिरहेका छन् । मैले पनि सायद त्यसै गर्नुपर्ने थियो ।’

अभिषेक बच्चनसँग बिहे गरेपछि उनको फिल्म खेल्ने क्रम झनै घटेको थियो । त्यसमाथि छोरी आराध्यालाई जन्म दिएपछि उनले लामो समय ब्रेक लिइन् । यो पाँच वर्षमा उनले एकाध फिल्म मात्र गरेकी छिन् ।

‘यति लामो समय सायद मलाई ब्रेक आवश्यक थिएन,’ उनी अहिले भन्छिन् । अब चाहिँ फिल्ममा अलि बढि सक्रिय हुने उनको योजना छ । उनका लागि अहिले तीन वटा फिल्मका प्रस्ताव आएका छन् । पहिलो फिल्म हो, जस्मिन । यो फिल्मको उनले स्त्रिmप्ट रिराइट गर्न भनेकी छिन् । त्यसैगरी ‘रात और दिन’ र ‘ओ कौन थी’ का लागि पनि उनलाई अफर आएका छन् । यी दुवै रिमेक फिल्म हुन् । दुवै फिल्म गर्न आफू तयार रहेको ऐश्वर्याले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment