Comments Add Comment

छाती दुख्ने समस्याको प्राकृतिक उपचार : यस्तो छ सजिलो काइदा, जानेदेखि ठूलो फाइदा


छाती दुख्ने समस्याबाट नेापलको आधा जनसंख्या पीडित भएको बताइन्छ । छाती दुख्दा धेरैलाई लाग्न सक्छ, कतै यो हृदयाघात त हैन ? जब कि छाती दुख्ने समस्या हृदयाघातका कारण मात्र नभई अन्य विभिन्न कारणले गर्दा पनि हुनसक्छ ।

चिकित्सकलाई आधार मान्ने हो भने हृदयाघात भएमा छातीको देब्रे भागमा बेस्सरी पीडा हुने गर्छ । जब कि अन्य कारणले छाती दुखेमा छातीको दायाँतर्फ अधिक पीडा हुने गर्छ । आवश्यकभन्दा बढी कसरत गर्नु, पेटमा जलन, अपच वा पेट सम्बन्धी अन्य थुप्रै समस्याका कारण पनि छाती दुख्ने गर्छ ।

छाती दुख्ने समस्या पनि व्यक्तिपिच्छे फरक हुने गर्छ । कसैलाई थोरै समयको लागि छाती बेस्सरी दुख्ने गर्छ भने कसैलाई लामो समयसम्म छाती हल्का दुख्ने गर्छ । हृदयाघात बाहेक अन्य समस्याका कारण छाती दुखेमा त्यसले गम्भीर समस्या भने खासै निम्त्याउँदैन ।

छाती दुख्ने अन्य कारण

हृदयाघात, एन्जिना, मुटुको धमनीमा अवरोध सिर्जना भएमा, पेरीकार्डिटिस, मुटु सुन्निएमा, कार्डियोमायोपैथी, मुटुको मांसपेशीमा समस्या भएमा वा मुटुको धमनीमा घाउ भएमा पनि छाती दुख्ने गर्छ ।

त्यस्तै, ब्रोन्काइटीस, निमोनिया, प्लूरिसी, न्यूमोथारेक्स, ब्रोकोस्पास्म वा वायु नली संकुचित हुने लगायतका फोक्सो सम्बन्धी समस्या भएमा पनि छाती दुख्ने गर्छ ।

त्यसबाहेक, मांसवपेशी वा हड्डी सम्बन्धी समस्याका कारण छाती दुख्ने गर्छ ।

-मांसेपेेशी वा हड्डीमा चोटपटक लागेमा

-शारीरिक परिश्रम वा मांसपेशी दुखेमा

-फ्याक्चर  कारण नसामा दवाव सिर्जना भएमा

-सिंगल्सजस्ता छालासम्बन्धी समस्या भएमा

छातीको दुखाइमा छातीमा पीडा हुनुबाहेक यस्ता अन्य लक्षणसमेत देखा पर्नसक्छन् ।

लक्षण

-छातीमा दवाव महसुस हुनेु

-बंगारा, ढाड तथा काँध दुख्ने

-चक्कर लाग्ने

-थकान महसुस हुने

-पेट दुख्ने

-सास लिँदा अप्ठ्यारो महसुस हुने

-वाकवाकी लाग्ने

छाती दुख्ने समस्याका कारण शरीरमा मात्र नभई दैनिकीमा समेत समस्या हुने गर्दछ । त्यसैले यस्ता समस्या भएमा तुरुन्तै चेकजाँच गराउनु पर्छ । त्यसबाहेक केही घरेलु औषधी पनि छन् जसको प्रयोगद्वारा छाती दुख्ने समस्या कम गर्न सकिन्छ ।

लसुन

विभिन्न प्रकारका औषधीय गुणले भरिपूर्ण लसुनको सेवनले मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ । यसले हृदयमा प्रभावकारी रूपमा रक्तप्रवाह गर्न मद्दत गर्छ । विशेषगरी मुटुमा रक्तसञ्चार राम्ररी नभए कार्डियोभास्कुलर समस्या हुने सम्भावना बढ्छ, जसका कारण छाती दुख्ने गर्छ । एक कप तातो पानीमा एक चम्चा लसुनको रस वा खाली पेटमा एक वा दुई पोटी लसुन दैनिक सेवन गरेर छाती दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एलोवेरा जुस

एलोवेरा -घिउकुमारी)मा विभिन्न औषधीय गुण हुन्छ । यसमा रहेको तत्वले कार्डियो भास्कुलर सिस्टम बलियो बनाउन, राम्रो कोलेस्ट्रोरलाई नियन्त्रण गर्न, रगतमा ट्राइग्लिसराइडको स्तर कम गर्न तथा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
त्यसैले, एक चौथाइ कप एलोभेरा जुसको सेवन नियमित गरेको खण्डमा छाती दुख्ने समस्या कम हुने गर्छ । यो जुस दिनमा दुई पटकसम्म सेवन गर्न सकिन्छ ।

भिटामिन

विभिन्न अध्ययनहरूले जनाए अनुसार शरीरमा भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ को कमी भएमा छाती दुख्नुका साथै हृदयाघात हुनसक्छ । त्यसैले छाती दुख्ने समस्या भएमा चिकित्सकहरू भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ले भरिपूर्ण आहारको सेवन गर्न सल्लाह दिन्छन् । भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ माछा, पनीर, अण्डा, अन्न, सोया तथा मासुजस्ता खानेकुराबाट पाउन सकिन्छ ।

तातो पेय पदार्थ

अपच वा एसिडिटीका कारण छाती दुख्ने समस्या भएमा तातो पानी राम्रो विकल्प हुनसक्छ । एक गिलास तातो पानीको सेवन वा हर्बल टीको सेवनले पेट सुन्निने समस्या कम हुनुका साथै पाचन तन्त्रमा आराम दिलाउँछ । यसले छाती दुख्ने समस्या कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

दूध बेसार

वेसारमा भरपूर मात्रामा करक्यूमिन पाइन्छ । यसको सेवनले कोलेस्ट्रोल कम गर्न, रगत जम्न तथा धमनीको अवरोध कम गर्न मद्दत गर्छ । त्यसबाहेक पनि करक्यूमिनमा सुन्निने समस्या कम गर्ने तत्व हुन्छ, जसले छाती दुख्ने समस्या तुरुन्तै कम गर्न मद्दत गर्छ । यसको लागि एक गिलास दूधमा आधा चम्चा बेसारको धुलो मिसाएर पिउनाले दुखाइ कम हुन्छ । त्यसका लागि बेसार राति सुत्नुअघि दूधमा बेसार हालेर पिउन सकिन्छ ।

तुलसी

तुलसीमा पर्याप्त मात्रामा भिटामिन ‘के’ तथा म्याग्नेसियम पाइन्छ । म्याग्नेसियमले मुटुको रक्त प्रवाह बढाउनुका साथै रक्तवाहिनी नसालाई आराम दिलाउन मद्दत गर्छ । जब कि भिटामिन ‘के’ ले रक्त वाहिकाको भित्तामा कोलेस्ट्रोल निर्माण हुनबाट रोक्छ । यसले हृदयसम्बन्धी रक्त विकार कम गर्नुका साथै छातीको दुखाइ कम गर्न समेत मद्दत गर्छ । यसको लागि आठ देखि १० पत्ता तुलसीलाई यसै पनि चपाउन सकिन्छ वा चियाको रूपमा पनि सेवन गर्न सकिन्छ । एक चम्चा तुलसीको रसमा मह मिसाएर पिएमा पनि छाती दुख्ने समस्या तुरुन्तै कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment