Comments Add Comment

माछापुच्छ्रे बैंकको एकैपटक १० नयाँ शाखा सञ्चालन

२ जेठ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ । खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पुर्व अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरे भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पुर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबु यादवले संयुक्त रुपमा गरे ।

त्यसैगरी झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरे । साथै, बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुगुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखामार्फत बैंकले आˆना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, हलेसी र गणेशमान चारनाथ शाखामा २४ घण्टा नै रकम झक्िन सकिने आˆनै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment