+
+
Shares

गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सार्न सिफारिस

रासस रासस
२०७५ जेठ २ गते १७:१९

२ जेठ, पोखरा । प्रदेश ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सार्न सिफारिस गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले गाउँसभाका दुई तिहाइ सदस्यको निर्णय अनुसार वडा नं ५ को गुम्दाबाट माछाखोलामा सार्न सम्बन्धित मन्त्रालयमा केन्द्र परिवर्तनका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकले कास्कीको माछापुच्छ्रे  गाउँपालिकाका वडाको सिमाना हेरफेर गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाले गरेको निर्णयअनुसार साबिकको ल्वाङघलेल गाविसको १ देखि ४ नं वडालाई वडा नं ८ र ५ देखि ९ नं वडालाई ९ नं वडामा रहने गरी सिफारिस गर्ने निर्णय गरिएको छ ।

मन्त्री बस्नेतका अनुसार प्रदेशको आर्थिक कार्यविधि नियमावली नबन्दासम्म नेपाल सरकारको आर्थिक कार्यविधि नियमावली २०६४ बमोजिम कार्यसम्पादन गर्ने बैठकले निर्णय गरेको छ ।

सरकारले आव २०७५/७६ को बजेट ल्याउने तयारी गरेको जानकारी दिँदै उनले तत्काल सशर्त र विशेष अनुदानबाहेक २० अर्बको सिलिङअनुसार बजेट ल्याउन लागिएको बताए ।

बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश खोप ऐन, २०७५ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को २०७४ चैत १४ को बैठकबाट प्राकृतिक स्रोत साधन दोहन भएको सम्बन्धमा गठित कार्यदलबाट आजको बैठकमा प्रतिवेदन पेश भएकामा त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर आगामी मन्त्रिपरिषद् बैठकमा ल्याउन उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

यही आव २०७५/७६ को बजेट अधिवेशन आगामी जेठ १६ गते ४ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?