सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

एकैदिन ९४ जना आरोही सगरमाथा शिखरमा

Suzuki

२ जेठ, सोलुखुम्बु । सगरमाथा आरोहणको बुधबार चौथो दिन एकैपटक ९४ जनाले शिखरमा पाइला टेकेका छन् ।

विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भए पनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण नभए पनि चौथो दिन बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्र्पक अधिकृत श्रेष्ठको भनाइ छ ।

गएको वैशाख ३० गतेदेखि आरोहण शुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका आठजना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए’ सम्पर्क अधिकृत श्रेष्ठले भने ‘तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन तर, चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।’

बुधबार नै आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

२०७५ जेठ २ गते १९:२५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • आनन्द रौनियार लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:२९

    रत्नपार्क हो कि सगरमाथा. हिमाल जोगाउ. भीड़ न पठाउ.

    3
    0
    Share

  • krist लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २०:२५

    Nagarkote dado ho ra yota kamaai khane bhado ho. euta chadyo ki 80 lakh aauchha sarkaar lai, ani kina napathaun hul ka hul khaire..tax ni jharne sherpa le ni kamaaune, travel ani trekking agency malaamaal hune,

    0
    4
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this