+
+
Shares

मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुवै सदस्यको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २ गते २३:१७
दुर्घटनाग्रस्त मकालु एयरलाइन्सको विमान ।

२ जेठ, काठमाडौं । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’

नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र आदित्य नेपाली सवार थिए ।

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान

सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।

यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन विमानस्थलमा आएको थियो ।

सोही आधारमा महाप्रवन्धक क्षेत्रीले बगरमा विमान फोर्स ल्याण्डिङ भएको र चालक दलका दुवै सदस्य सकुशल रहेको सूचना सञ्चार माध्यमहरुलार्इ दिएका थिए । उक्त गलत सूचनाले हाम्रा पाठकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?