Comments Add Comment

ओलीको उद्घोष: कांग्रेस अब प्रतिस्पर्धी रहेन, सहयोगी मात्र


३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् ।

एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए ।

मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो । कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं । कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ ।’

केहीलाई अधिनायकवाद ल्याउँछन् कि भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले दुई पार्टीको एकता दमनकारी नभएको बताए । उनले भने, शासन गर्न होइन, जनताको सेवा गर्न हो । दमनकारी हुन होइन, विकासकारी हुन हो ।’

पार्टी एकता नेपाल कता जान्छ भन्ने घोषणा

प्रधानमन्त्री ओलीले एमाले र माओवादीको एकता घोषणा दुई पार्टीको एकता मात्र नभई नेपाल कता जान्छ भन्ने घोषणा हुने बताए । यसले नेपालको राजनीति, वर्तमान र भविश्यलाई दूरगामी प्रभाव पार्ने उनको दाबी छ ।

विगतमा कम्युनिस्टहरू फुट्न मात्र जान्छन्, मिल्न जाँन्दैनन् भन्ने गरिएको भन्दै उनले अब कम्युनिस्टहरूले फुट्न बिर्सिएको र मिल्न मात्र जान्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment