Comments Add Comment

सामाजिक विकास मन्त्रालयद्धारा प्रारम्भिक पार्श्वचित्र सार्वजनिक

३ जेठ, हेटौंडा । प्रदेश नम्बर ३ को सामाजिक बिकास मन्त्रालयले प्रारम्भिक पार्श्वचित्र सार्वजनिक गरेको छ ।

बिहीबार हेटौंडामा मन्त्रालयद्धारा आयोजित कार्यक्रमकाबीच ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक विकास मन्त्रालय अन्तर्गतका बिषयगत समग्र क्षेत्रको तथ्याङ्क रहेको प्रारम्भिक पार्श्वचित्र सार्वजनिक गरेे ।

सार्वजनिक गरेको पाश्र्वचित्रमा प्रदेशको समग्र शिक्षा तथा स्वास्थ्य र महिला बिकासको अवधारणा समावेश गरिएको छ ।

पार्श्वचित्र सार्वजनिक पछि बोल्दै मुख्यमन्त्री पौडेलले सामजिक विकास मन्त्रालयको कामको खुलेर प्रशंसा गरेे ।

बिभिन्न प्रतिकुलताको बीचमासमेत मन्त्रालयले उल्लेख्य काम गरेको भन्दै मुख्यमन्त्री पौडेलले सामजिक विकास मन्त्री युवराज दुलालसहितका मन्त्रालका सबै कर्मचारीहरुलाई धन्यवाद समेत दिए ।

प्रदेश नम्बर ३ लाई बालश्रमिक मुक्त प्रदेश बनाइने बताउँदै प्रदेश सरकार ३ नम्बर प्रदेशलाई बालविवाह मुक्त प्रदेश घोषणाको तयारीमा आफूहरु रहेको बताए ।

साथै पार्श्वचित्रले प्रदेशको योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै मुख्यमन्त्री पौडेलले प्रदेशको अवस्था र कहाँ के गर्नुपर्छ भन्ने विषयमा यसले महत्वपूर्ण सहयोग गर्ने बताए ।

सामाजिक बिकास मन्त्री युवराज दुलालले प्रदेशको स्वास्थ्य तथा शिक्षाको बिकास र पहुँचका लागि पाश्र्वचित्र प्रश्तुत गरेको बताए । कार्यक्रममा बोल्दै मन्त्री दुलालले आफुहरुले धेरै प्रतिकुलताको विचामा काम गरेको बताए ।

पार्श्वचित्रमा प्रदेश ३ को शिक्षा, स्वास्थ्य, भौगोलिक, राजनीतिक, प्राकृतिक सम्पदा लगाएतको विषयमा जानकारी दिइएको छ ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव शम्भु भट्टराईले स्वागत गरेका थिए भनेे स्वास्थ्य सेवा महाशाखाका सतिश विष्टले पार्श्वचित्रको विषयमा प्रस्तुतिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment