+
+
Shares

मन्दिरमा ‘बाबा’को कुटपीटबाट दुई युवक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३ गते २०:०१

३ जेठ, बर्दिबास । बर्दिवास नगरपालिका ३ मा आफूलाई बाबा भन्नेको कुटपिटबाट २ जना गम्भीर घाइते भएका छन् ।

आफूलाई बाबा बताउने बसन्त बलम्पाकीलगायतका युवाहरुको कुटपीटबाट घाँस काट्न गएका बर्दिवास नगरपालिका ३ का २९ वर्षका रमेश परियार र माधव ढुङ्गेललाई कुटपीट गरी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।

बाबाको कुटपिटबाट  घाइते रमेशको खुट्टा भाचिएको छ भने शरीर भरी निलडाम रहेको छ । अर्का घाइते माधव ढुङ्गेलको मेरुदण्डमा चोट लागेको छ ।  मन्दिर परिसरमा आफूलाई बाबा भन्ने र उनका सहयोगीहरु लागूऔषध सेवन गरी बसेको र कुटपिट गरेको घाइते ढुङ्गेलले बताए । बाबासहित केही युवाहरुले एक्कासि साङ्ग्घातिक हमला गरेको उनको भनाइ छ ।

घाइतेहरुलाई स्थानीयले मंगलबार राति जंगल क्षेत्रबाट उद्दार गरेका थिए । बेहोस र अर्धनग्न अवस्थामा घाइतेहरुको उद्दार गरिएको बर्दिबास नगरपालिका ३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए ।

बाबा बल्मपाकी  लगायत केही युवाहरुले त्यहाँ आउने ब्यक्तिहरुलाई उपचारको नाममा कुटपिट गर्ने गरेको स्थानीय शिव कार्कीले बताए ।

उक्त स्थानमा बाबासहितका केही युवाहरुले उपचारको नाममा युवती राखेर यौनशोषण गर्ने गरेको गुनासो पनि आएको कार्कीले बताए ।

बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्कीले धर्मको नाममा अपराधिक कार्य गर्ने बाबालाई कडा कारबाही गर्न प्रहरी प्रशासन समक्ष अनुरोध गरेको बताए । बाबा भन्न्ने बलम्पाकीसहितका युवाहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?