तरकारीलाई स्वादिलो बनाउनका लागि धेरै प्रकारका मसलाहरूको प्रयोग गरिन्छ । यस्ता मसलाहरूले तरकारीको स्वाद मात्र बढाउने नभई स्वास्थ्यमा पनि निकै फाइदा पुर्याउँछन् । बेसार, धनियाँ, जीरा, ज्वानो, ल्वाङजस्ता मसलाले स्वास्थ्यमा विशेष फाइदा पुर्याउँछन् ।
बेसार
बेसारले रगत सफा गर्छ । कफ कम गराउँछ । चिसोबाट बचाउँछ । यसमा एन्टी सेप्टिक, एन्टी बायोटिक, एन्टी एलर्जिक एवं एन्टी फंगल गुण हुन्छन् । यसले पीडा कम गर्न पनि सहयोग गर्छ ।
जीरा
जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ ।
रायो
रायोले पेटको कीरा मार्छ । पेटमा ग्याँस बन्न दिँदैन र पाचन क्रिया दुरुस्त बनाउँछ ।
धनियाँ
धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब पोल्ने समस्यालाई ठीक गर्छ ।
ल्वाङ
ल्वाङमा एन्टी सेप्टिक गुण हुन्छ । यसले मुखको दुर्गन्ध हटाउँछ । पाचन शक्ति बढाउँछ र एसिडिटी हटाउन सहयोग गर्छ ।
सुकुमेल
सुकुमेलले एसिडिटी हटाउँछ । बढी खाना खाँदा हुने छटपटीलाई सुकुमेलले छिनभरमै हटाइदिन्छ ।
मरिच
मरिचले रुघाखोकीबाट बचाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा पाचन ठीक रहनुका साथै भोक पनि जाग्छ ।
हिङ
हिङले पेटमा ग्याँस भरिने समस्या हटाउँछ । तर यो खाँदा मात्रामा विशेष सतर्क हुनुपर्छ । यसले गर्भवतीलाई फाइदा नगर्नसक्छ । साथै यो धेरै खाइयो भने हड्डीमा समेत असर पुग्छ ।
मेथी
मेथीले पेटमा ग्याास भरिने समस्यामा राहत दिलाउँछ । मधुमेह, जोर्नी दुख्ने समस्या तथा पाचन प्रणालीसम्बन्धी समस्यामा फाइदा गर्छ । बपालका लागि पनि मेथी राम्रो मानिन्छ ।
ज्वानो
ज्वानो पनि पेटका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । यसले पेटको कीरा मार्छ । रुघाखोकीको समस्या छ भने यसको सेवनले फाइदा गर्छ ।
नुन
खानेकुरामा नुन भएन भने स्वाद हुँदैन । विशेष गरी दालतरकारीमा नुन नहाली हुँदैन । खाना स्वादिलो हुनका लागि नुन ठिक्क हुनुपर्छ । कम वा बढी भयो भने खाना बेस्वादिलो हुन्छ । अझ नुन चर्को भयो भने त खानै सकिँदैन । फेरिन पानी थप्दा पनि तरकारी स्वादिलो रहँदेन । उसो भए के गर्ने त ? नुन चर्को भयो भने केही उपाय अपनाएर त्यसको चर्कोपन कम गर्न सकिन्छ ।
आलु
दालतरकारीमा नुन चर्को भयो भने आलु सफा गरी बोक्रा फालेर त्यसमा हालिदिने । ५-७ मिनेटपछि उक्त आलु निकालिदिने । यसो गर्दा नुनको चर्को धेरै हदसम्म कम हुन्छ ।
आँटा
नुन चकोृ भएो दालतरकारीमा गहुँको पिठो मुछेर डल्लो बनाइ हालिदिने । केही बेरपछि उक्त डल्लो बाहिर निकालिदिने । यसो गर्दा नुनको चर्कोपन घट्छ ।
दही
नुनको चर्को घटाउनका लागि दालतरकारीमा थोरै दही हाल्न सकिन्छ ।
कागती
दालमा नुन चर्को भयो भने त्यसमा कागती निचोरेर त्यसको रस हालिदिने । यसो गर्दा नुनको चर्को कम हुन्छ ।
पाउरोटी
तरकारीमा नुनको चर्कोपन हटाउन एक दुई टुक्रा कागती हालिदिने । केही बेरपछि त्यसलाई निकाल्ने । चर्कोपन धेरै हदसम्म कम हुन्छ ।