Comments Add Comment

बालबालिकालाई सिकाउनैपर्ने कुरा, अभिभावकको लागि ७ टिप्स


बालबालिकालाई खुसीसँग हुर्काउनको लागि शान्त वातावरण र नियमित अनुशासन नभई नहुने कुरा हो । धेरैजसो आमाबुबाहरूले कुनै पनि नियम नियमित रूपमा लागू गर्दैनन् र त्यसलाई पालना नगरेमा हुने परिणामको बारेमा बालबालिकाहरूलाई सचेत बनाउँदैनन् । यसले पनि धेरै समस्या ल्याउँछ ।

बालबालिका अलि ठूलो हुँदै गएपछि आमाबुबाहरू बालबालिकाको लागि कडा रूपमा प्रस्तुत हुनेभन्दा पनि साथी बन्न खोज्छन् । यो तरिकाले ठूला बालबालिकालाई केही काम गर्दैन तर साना बालबालिकालाई भने काम गर्छ । चाहे उनीहरू १५ वर्षका होऊन् वा दुई वर्षका होऊन् नियम र संरचनाले सिर्जना गर्ने सीमाले बालबालिकाहरूलाई सुरक्षित महसुस गराउँछ ।

कोही आमाबुबाहरू धेरै नै कोमल हृदयका हुन्छन् र बनलबालिका सानो छँदा अनुशासनमा ध्यान दिँदैनन् । पछि बालबालिका ठूलो भएर भनेको नमान्ने हुन्छन् । यसले आमाबुबाहरूलाई निराशा पैदा गर्छ । आमाबुबाहरूले बालबालिकाहरूलाई कराउन र गाली गर्न सक्छन् यसले झनै बालबालिकाहरूलाई नराम्रो महसुस हुन्छ ।

यहाँ हामीले बालबालिकालाई अनुशासन सिकाउँदा पालना गर्नुपर्ने ७ टिप्स दिएका छौं । माया र स्याहारको साथमा यी कुराहरूमा पनि ध्यान दिनुभयो भने तपाईले बालबालिकालाई असल र खुसीपूर्वक हुर्काउन सक्नुहुन्छ ।

१. आमाबुबा दुवै मिलेर बालबालिकाको लागि नियम बनाउने

धेरै जोडीहरूले विवाह गरेपछि बालबालिकालाई कस्तो अनुशासन सिकाउने भन्ने बारेमा छलफल गर्दैनन् । आमाबुबामध्ये एक धेरै नै कडा र अर्को नरम हुन्छन् । जब यस्तो हुन्छ कहिलेकाहीँ फ्यामिली थेरापी वा म्यारिज काउन्सिलिङ गराउन पर्छ । बालबालिकालाई अनुशासन सिकाउन आमाबुबाले बालबालिकाको बारेमा कुरा गर्दा एकले अर्कालाई सपोर्ट गर्न एउटा सम्झौतामा आउनुपर्छ । आमाबुबाहरू जो बालबालिकाको अनुशासनको विषयमा एकै ठाउँमा उभिँदैनन् उनीहरूका बालबालिकाहरूमा बचपन र किशोर हुँदै जाँदा समस्या देखिनसक्छ ।

२. आफ्नो बालबालिकाको सुत्ने, खाना, होमवर्क लगायतका विषयमा कुराकानी गर्ने

आमाबाबुहरू आफ्नो बालबालिकाको सुत्ने, खाना, होमवर्क कफ्र्यु लगायतका कुरामा एक सम्झौता गर्छन् । उनीहरूले आफ्नो बालबालिकाको लागि के गर्ने भन्ने सोचेका छन् त्यो प्रस्ट रूपमा र शान्तसँग वर्णन गर्नुपर्छ । नियम नमान्दा आउने परिणामहरूमा आमाबुबाले बालबालिकालाई सम्झाउनु पर्छ । आफ्नो बालबालिकालाई कोसँग उनीहरूले केही कुरामा छुट पाउँछन् भनेर आमाबुबाको बीचमा तुलना गर्ने मौका दिन हुँदैन ।

३. केही कुरा अह्राउँदा आवाज ठूलो नबनाईकन विस्तारै भन्ने

केही काम अह्राउनुपर्दा बालबालिकाले नमानेमा तीनसम्म गनेर त्यति समयभित्र गर्न भन्नु पनि एउटा राम्रो तरिका हो । बालबालिकाले तीनसम्म गन्ने कुरालाई परीक्षण गर्छन् त्यस्तो बेलामा तपाईले समयसीमा कटेमा पनि अडिग भएर थप काम दिनुभयो भने उनीहरूले मान्न थाल्छन् । यसले समस्या आउन दिँदैन र बालबालिकाले आमाबुबाले भनेको काम गर्नुपर्छ भन्ने कुरा बुझ्छन् ।

४. राम्रो व्यवहारको लागि उमेर सुहाउँदो पुरस्कारहरू दिनुहोस्

उदाहरणको लागि जब तपाईको बालबालिकाले उसको खेलौनाहरू सफा गर्छ वा कुनै कामहरू तपाईले नसम्झाईकन गर्छ । त्यस्तो बेलामा उनीहरूलाई केही पुरस्कार दिन सक्नुहुन्छ । यसले उनीहरूमा आफ्नो काम आफंैले गर्न हौसला दिन्छ ।

५. कहिलेकाहीँ नियममा अपवाद हुन्छ

उनीहरू सुत्ने समय १० बजे हुन सक्छ तर जब तपाईको बालबालिकाको बेस्ट फ्रेन्डको को जन्मदिनको पार्टी छ भने तपाईले उसको समयसीमा बढाइदिन सक्नुहुन्छ । तर, बालबालिकालाई आज एक दिनको लागि मात्रै छुट दिएको हो भनेर भन्नुपर्छ र यो सधैंको लागि होइन भन्नुपर्छ ।

६. बालबालिकाले गल्ती गरेमा त्यसको परिणामस्वरूप केही काम गर्न लगाउने

बालबालिकाले केही नराम्रो व्यवहारको सजायस्वरूप तपाईले घरमा सघाउने खालका काम दिन सक्नुहुन्छ । बालबालिकाहरूलेे कुनै नियम तोडे भने सजायको आशा गरेका हुन्छन् । जब कि किशोरकिशोरीले आफ्नो गल्ती स्वीकार गर्न खोज्दैनन् । उनीहरूलाई निराश नबनाउनुहोस् । केही काम बिगारेबापत घरको केही सहयोगी काम लगाइदिँदा उनीहरू खुसी हुन्छन् ।

७. आफूले लागू गर्न नसक्ने कुनै पनि कुराको चेतावनी नदिने

जब आमाबुबाले रिसको झोँकमा आफ्ना बालबालिकालाई विभिन्न चेतावनीहरू दिन्छन् त्यसले झनै समस्या निम्त्याउँछ । अझै लागू नै गर्न नसकिने खालको अव्यावहारिक चेतावनी दिएमा उनीहरू झन् अटेरी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment