४, जेठ, चितवन । कुखुरापालनको राजधानी मानिएको चितवनमा फेरि बर्डफ्लु देखिएको पुष्टि भएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका ९ मा दुई जना किसानको खोरमा कुखुराको नमुना परीक्षण गर्दा वर्ड फ्लु भएको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिए ।
स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीको कुखुरा खोरमा वैशाख १५ गते २७ सय कुखुरा मरेका थिए । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु देखिएको पुष्टि बिहीबारमात्रै भएको हो
शुक्रबार उक्त कुखुराको खोर वरपरका कुखुरा र हाँस मार्ने र तथ्याङ्क लिने काम गरिएको डा. चापागाईले बताए । यसअघि गएको चैत २२ गते पूर्वी चितवनको रत्ननगर-१५ माधवपुरको एक कुखुरा र्फममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4