Comments Add Comment

समाजसेवी दिदीलार्इ जवाफ–म सपना बोकेर खाडी पसेको एक छोरीको पीता हुँ

झण्डै २ लाख २५ हजार नेपाली कार्यरत संयुक्त अरब इमिरेट्समा लगभग १ सय नेपाली संघसंस्था अस्तित्वमा रहेको सुनिन्छ । त्यसमध्ये सबै क्रियाशील नहोलान, केही पछिल्लो समयमा आएर क्रियाशील बन्दै होलान यी सबै संस्थाहाक्ने समूह अर्थात कार्यसमितिमा भर पर्ने कुरा हुन ।

आफू एक संचारकर्मी  भएको नाताले हरेक संस्थाका साधारणसभा र वनभोजमा जान नपाएपनि ती गतिविधिलाई नजिकबाट नियाल्ने गरेको छु मैले । ठूलो संख्यामा भेला हुन, छलफल गर्न, एकीकृत हुन तथा राजनीति गर्न यहाँको कानूनले दिँदैन । न त संस्था खोलेर म फलानो संस्थाको भन्दै प्रचारप्रसार गर्नु नै  कानूनसम्मत हो यहाँ । यति हुँदाहुँदै पनि जिल्लावासीहरु एक भएर जिल्ला स्तरीय संस्थाको परिकल्पना गर्नु, सम्पूर्ण प्रवासी नेपाली एकजुट भएर गैरआवासीय नेपाली संघ जस्तो ठूलो धेरै जना अट्न सक्ने संस्थाको स्थापना गरी दुःखमा परेका नेपालीलाई थोपा थोपा सँगेटेर सहयोग गर्नु अत्यन्त सराहनिय कार्य हो । यस्तो ठूलो कामलाई सलाम गर्नै पर्छ । नत्र अन्याय ठहरिनेछ ती व्यक्ति र संस्थाहरुमा जसले निस्वार्थ भावनाले मनहरुलाई जोड्ने प्रयत्न गरेका छन् ।

म अहिले संयुक्त अरब इमिरेट्सको सन्दर्भमा कुरा गरिरहेको छु र धन्यवाद दिन चाहान्छु गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईलाई जसको नेतृत्वमा हालै नगरेको अपराधको सिकार बनेका चितवनका टोपबहादुर बिकको घर फर्किने सपना साकार हुँदैछ । त्यही संस्थाले केही हप्ताअघि प्रवासी नेपालीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेर नेपालीलाई स्वास्थ्य सम्बन्धी सचेत हुन सिकायो । बेला बेलामा खेलकुद प्रतियोगिता गरेर खेलका माध्यमबाट प्रवासमा एक्लिेएका मनहरुलाई जोड्ने प्रयत्न पनि गर्दैछ । यस संस्थाको नेतृत्वमा को-को हुनुहुन्छ त्यो मलाई थाहा भएन सायद उहाँहरुले पनि मलाई चिन्नुहुन्न किनकि म त्यक्ति फुर्सदमा हुदिन र यहाँका वनभोज, साधारणसभा र सांस्कृतिक कार्यक्रममा जान समय पाउँदिन । यो सामाजिक काम हो सामाजिक भावनाबाट खोलिएका हरेक संस्थाहरुले यस्तै काम गरेर देखाउनुपर्छ सामाजिक संस्थाको नाममा राजनिति गर्ने तथा दुःख गरेर कमाएको पैसा उठाएर अनावश्यक कार्यमा खर्च गनेु सामाजिक सँस्थाको काम देखिदैन ।

संस्था तथा व्यक्ति चिनिने भनेको कामले हो उहाँहरुले गरेका कामहरु चिनिन लायक छन् यसरी नै क्रियाशील भएर लागिरहनुहोस शुभकामना छ उहाँहरुलाई । हुन त धेरैले एनआरएन भन्ने वित्तिकै राजनीतिको झुण्ड, तथा काम नहुनेहरुको समुह साथै अनैतिक कामको संरक्षण गर्ने संस्था भन्ने टिकाटिप्पणि पनि गर्ने गरेका छन् । केही समयअघि एनआरएनले वैधानिक रेमिट्यान्सको लागि पहल गरिदिन भन्दै नेपाली राजदूतावास अबुधावीमा ज्ञापन पत्र बुझायो । ज्ञापन पत्र बुझाएको समाचार प्रकाशित गरेपछि मलाई एकजना साथीले म्यासेजमा भने ‘प्रकाश जी के एनआरएनका पदाधिकारी साथीहरु सबै वैधानिक रेमिट्यान्स गर्छन त ?’ मसँग त्यसको उत्तर थिएन । अर्का एकजना साथीले पनि उनलाई उक्त समाचार चित्त नबुझेको प्रतिक्रिया दिए । उनले भने ‘हुण्डिबाटै सम्भव भएको ३३ केजि सुन तस्करीको काण्डबारे के एनआरएन अनविज्ञ नै होला त’ त्यसको उत्तर पनि मसँग थिएर र छैन पनि । छ भने त्यसको उत्तर स्यम पदाधिकारी साथीहरुसँग होला । तपाईहरुले गरेका धेरै राम्रा कामहरुलाई एकादुई नराम्रा कामले छायामा नपारुन व्यक्तिको गल्तिले सिँगो सस्थालाई अपवित्र नबनाओस त्यत्ति भन्न चाहेँ ।

यहाँ मैले जोड्न चाहेको प्रसग अर्कै छ । मेरै जिल्लाको जिल्ला स्तरीय संस्था  रहेछ, मलाई जानकारी थिएन । थाहा पाएपछि म त्यो सँस्थाका पदाधिकारीसँग सामाजिक सँन्जालमार्फत जोडिएँ र सस्थाप्रति चासो देखाँए । ती पदाधिकारीले मलाई संस्थाको म्यासेन्जर ग्रुपमा जोडे । म नौलो थिँए समूहमा अरु सबै पुराना भुक्त भोगी र जानकार । संस्थाले केहि समयअघि मात्रै साधारण सभा गरेर नयाँ कार्यसमिति चयन गरेको रहेछ । मलाई खुसी लाग्दै थियो। आफ्नै जिल्लाको सामाजिक संस्थामा जोडिन पाउँदा र अझ खुसि जिल्लावासीसँग आफ्नै पारामा आफ्नै गाउँका कुरा गर्न पाउँदा । निकै क्रियाशील साथिहरु रहेछन् सँस्थामा, केहि गरिहालौँ , सँस्थालाई अघि बढाइहालौँ भन्ने कुरा गर्थे  । म भने संस्थाको साधारण सदस्य समेत नभएको मान्छे उनिहरुले म्यासेन्जरमा गरेको कुहाहरु सुनेर बस्थेँ, घरिघरि आफूलाई घत लागेको कुरा गर्थे ।

संस्थाको उपाध्यक्ष पदमा एक जना दिदी रहिछिन् महिला भएपनि एकदमै क्रियाशील भएको माने । आफूले केके न गरिहालौ संस्थालाई माथि पु¥याउ जस्ता कुराहरु गर्थिन ।  निकै जोशिली थिइन कुरा गर्नमा । पछि ग्रुपमा कुरा गर्दै जाँदा हामी एकअर्काको फेसबुकमा जोडियौँ । मैले उनलाई देख्नचाहि कहिल्यै देखिन ।

फेसबुक प्रोफाइल हेर्दा थाहा भयो उनी एउटा राजनीतिक पार्टीको पनि ठूलै पदमा आवद्ध रहिछिन् । त्यससँग मेरो लिनुदिनु केहि थिएन । म मात्रै उनको पृष्टभुमि पहिल्याउन चाहान्थे । कुनै पनि कुरामा प्रवेश गर्नुअघि पृष्टभूमि पहिल्यानुले ठूलो महत्व लिन्छ । हँदाहुँदा एकदिन संस्थाको भेटघाट कार्यक्रम छ भन्दै मलाई बरदुवई बोलाइयो । तर, त्यो शुक्रबार मेरो छुट्टि थिएन । बाह्र घण्टा काम गरेर साँझमा जाँदा मलाई पर्खेर बस्ने पनि त कोहि हुँदैन । म आउन नसक्ने जानकारी मैले फोनमार्फत गराएँ । पछि फेरि महत्वपुर्ण कुरामा छलफल गर्नुपर्ने भनेर संस्थाको बैठकमा मलाई पनि बोलाइयो । मेरो अवस्था त्यही थियो शुक्रबार छुट्टि नमिल्ने । मैले सामुहिक म्यासेन्जरमा आफू आउन नसक्ने जानकारी गराएँ । हुन त म सँस्थाको सदस्यसमेत नभएको कारणले मेरो हुनु र नहुनुमा संस्थालाई केही फरक पर्दैन । मैले त्यो कुरा पनि उहाँहरुलाई जानकारी गराएँ ।

उपाध्यक्ष दिदीले केही दिनदेखि भाइ संस्थाको लोगो भएको टिसर्ट आएको छ, तपाईलाई कतिवटा राखिदिँउ भनेर सोधेकी थिइन ।  म एउटा मान्छे अनि मेरो एउटा शरिर मलाई एउटै टिसर्ट भए भैगयो नि किन धेरैवटा चाहियो र सायद बजारीकरण गर्न सोधिएको हो कि भनेर मैले आफ्ना दुई चार जना साथिहरुलाई खबर गर्ने जानकारी दिएँ । म बजारीकरणमा एकदमै कमजोर छु । कोही साथि पनि मेरो अनुरोधमा आउन चाहेनन् । मैले नै सामुहिक म्यासेन्जरमा जोडेका एक जना साथि त २ दिनमै समूहबाट भागे । फेरि जोडियाैं भनेर मैले अनुरोध गर्नै सकिन र संस्थाको त्यो बैठकमा पनि म्यासेन्जरबाटै सफलताको शुभकामना मात्रै दिन सके । उपस्थित हुन सकिन । टिसर्ट आएको खबर पछि तिनै दिदीले दुई तीन वटा म्यासेज पठाएकी रहिछन् । फुर्सद नभएर हो वा के भएर हो जवाफ दिन भ्याइन ।

पछि त्यही संस्थाले अबुधावीमा वनभोज कार्यक्रम गर्न लागेको खबर आयो । गाडी रिजर्भ गरेरै साथीहरु यूएईका विभिन्न ठाउँबाट अबुधावी पुगेछन् र रमाइलो वनभोज गरेर फर्किएछन् । त्यसको  केही दिनपछि फेरि उपाध्यक्ष दिदीसँग मेरो कुरा भयो । पहिले त के छ ? कस्तो छ ? जस्ता प्रश्नहरु  फ्याकियो पछि दिदीलाई साह्रै रिस उठेको रहेछ मदेखि त्यत्रो भन्दा पनि अस्ति वनभोजमा किन नआएको ? भनेर सोधिन । मैले आफ्नो समस्या दोहो¥याएँ । के गर्नु दिदी आउन मन त थियो तर कामलाई प्राथमिकता दिनुपर्यो छुट्टि मिलेन भनेर भने । ‘यस्ता भाइहरु दुवईमा धेरै देखेकी छु बरु दिनभरी रक्सि खाएर केटी घुमाएर बस्छन्’। दिदीले नराम्रो झटारो हानिन् मलाई लाग्न चाहि लागेन । मैले दिदिको कुरामा सहमति जनाउँदै ‘हो दिदी यस्ता थुप्रै छन दुवईमा तर म चाहिँ त्यस्तो भाइहरुमा परिन” भनेर जवाफ फर्काएँ ।

मैले त्यो कुरालाई आपत्तिजनक लिइन । दिदीको दिमागले जति भ्यायो त्यत्ति भनिन् भनेर चित्त बुझाएँ । त्यसको केहि दिन कुरा भएन मलाई यूएईमा भएका नेपाली महिला कामदारको अवस्था र उनिहरुले रेमिट्यान्स बढाउन गरेको योगदानको बारेमा फिचर तयार गर्ने मन भयो र उपाध्यक्ष दिदीलाई सम्झेँ र सोचेँ दिदीमार्फत अरु २/३ जना महिलाहरुलाई समेट्छु भन्दै भित्री योजना बनाएँ र दिदिको फेसबुक म्यासेन्जर खोज्न लागे  । दिदीको नाम सर्च गर्दा थाहा भयो मैले उनलाई म्यासेज पठाउन नसक्ने बनाइएको रहेछ । दिदीले मलाई व्लक गरिन् अथवा उनको फेसबुकनै बन्द गरिन मैले खोजी गरिन् तर त्यो दिनभरी मन गहंगो भइरहयो ।

यहाँनिर मैले कुन सँस्था र कुन दिदी भनेर खुलाउन चाहिन यस्ता धेरै सस्था र धेरै दिदीहरु पनि हुनसक्छन् यूएईमा । सबैको एउटै सोचाई र चाहाना कहाँ हुन्छ र यदि त्यस्तो हुने भए हामी सबै प्रवासी एउटै सोचाइ लिएर देश फर्किने थियौँ र यहाँ फालिने सबै पसिना देशभित्रै सिँचित गर्ने थियौँ । म चाहाना हुँदाहुँदै समय नभएर सामाजिक संस्था र कार्यक्रममा जान पाईरहेको छैन भने कति नेपाली यस्ता पनि होलान जो प्रशस्त समय  हुँदाहुँदै पनि सामाजिक काममा मन नलगाई बसेका होलान । ती समाजसेवी दिदी जस्तै सप्पैले बुझ्नै पर्ने कुरा के छ भने खाडिमा पसिना बगाउनै सबै नेपालीको विदा शुक्रबार हुँदैन । बिदा हुनेका पनि छुट्टाछुट्टै योजना  परियोजना हुन्छन् कत्तिले हप्ताभरीको थकान आराम गरेर विताउँछन् भने कतिले छरिएका आफन्त तथा साथिभाइ भेटघाट गरेर विताउँछन् अनि अलिअलि तपार्इं सोचेजस्ता पनि होलान दिदी जो रक्सि खाएर तथा केटी घुमाएरै समय विताउलान् तर त्यस्तो भाइमा परिन दिदी माफ गर्नुहोला । आफ्नो  सपना र जिम्मेवारी बोकेर खाडी पसेको भाइ हुँ ।  र, एउटी छोरीको पिता समेत हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment