Comments Add Comment

मकालुको विमान दुर्घटनामा १३ लाखको खाद्यान्न नष्ट

दुर्घटनाग्रस्त मकालु एयरलाइन्सको विमान ।

४ जेठ, हुम्ला । यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको रु १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ ।

जहाजमा व्यापारी खड्काको चाउचाउ, धूलो दूध, पेय पदार्थ लगायत खाद्य सामग्री रहेको उनले जानकारी दिए ।

सुर्खेतबाट हुम्लाका लागि खाद्यान्न लिएर आएको मकालु एयरको उक्त जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा चालकदलका दुई सदस्यको समेत निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment