Comments Add Comment

ओली-प्रचण्ड एकै ठाउँमा बस्न सक्छन् ? ओलीको जवाफ : चाहृयो भने मिल्दोरहेछ

४ जेठ, काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले हिजोसम्म एमाले माओवादी एकता हुँदैन भन्नेहरुले ओली र प्रचण्ड एकैठाउँमा मिलेर बस्न सक्छन् ? भनेर भाका फेर्न थालेको बताएका छन् ।

तर, आफूहरुको एकता अमर रहने मात्र नभई फल्ने फुल्ने र सफल हुने उनको दाबी छ ।

कार्यालय अनुगमनका क्रममा पेरिसडाँडा पुगेका ओलीले प्रचण्ड र आफू मिल्दैनन् भन्नु बेकारको कुरा भएको बताए ।

उनले भने, ‘हामी पार्टी प्रमुख भइसक्यौं । सरकार प्रमुख भइसक्यौं । अब भूतपूर्व भन्दा माथि फोटो टाँसिने होइन क्यारे ।’

माधव नेपाल एकै पटक प्रधानमन्त्री भएपनि आफू दुई पटक हुँदा भन्दा बढी भएको उनले बताए । ठट्यौली शैलीमा उनले भने, ‘पार्टी प्रमुख कि प्रचण्डजीले ३० वर्ष चलाउनुभयो कि उहाँ (माधवकुमार नेपाल)ले १५ वर्ष चलाउनुभयो ।’

उनले अरु कम्युनिष्ट पार्टीहरुलाई पनि एकतामा आउन आहृवान दोहोर्‍याए । नमिल्न पर्‍यो भन्ने विचारको प्रश्न छ भन्ने गरिएको भन्दै उनले भने, ‘मिलाउन गाह्रो थियो भने हामीलाई थियो । विचार नमिल्ने थियो भने त हाम्रो थियो ।’

उनले अघि भने, ‘विचार नमिलेको त हाम्रो थियो । हामीले हतियार उठाएका बेला उहाँहरुले विरोध गर्ने, उहाँहरुलेे हतियार उठाएका बेला हामीले विरोध गर्ने ।’

मिल्न चाहृयो भने सबै चिज मिल्दो रहेछ भन्ने आफूहरुको एकताले प्रष्ट भएको उनले बताए । प्रधानमन्त्री ओलीले आफूहरुले एकता गर्दा देशको हित, परिर्वतनका मुद्दा, आर्दश नछाडेको र कुनै अनुचित सम्झौता पनि नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment