+
+
Shares

संसदमा नयाँ वरीयता, सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ५ गते ३:२५

४ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएको संसदलाई पनि जानकारी गराएका छन् ।

संसदको शुक्रबारको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई मिलेको जानकारी दिए । तत्कालीन एमाले र माओवादीका नेताहरु अब सत्तारुढ बेञ्चमा नयँ वरियताक्रमअनुसार बसेका छन् ।

नेकपाको वरीयताक्रमअनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् । प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?