+
+
Shares

सांसदलार्इ सोझै खर्च गर्न पाउने गरी रकम नदेऊः जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ५ गते ८:१०


५ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले सांसदहरुलाई संसदीय विकास कोष र पूर्वाधार विकास कोषको रकम सोझै खर्च गर्न पाउनेगरी नदिन सरकारसँग माग गरेको छ ।

संसद् विकास कोष र पूर्वाधार विकास कोषको रकम सांसद्लाई दिने या नदिने भन्नेबारे बहस चलिरहेका बेला राष्ट्रिय जनमोर्चाले विगतमा देखिएका विकृतिका छिद्र नामेट पारेर मात्रै उक्त रकम दिन माग गरेको हो ।

‘सांसदलाई रकम दिए पनि नदिए पनि हाम्रो खास आपत्ति छैन’, राजमोकी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि दिने हो भने सिधै सांसदले नै खर्च गर्नेगरी दिनु हुँदैन ।’

कोषको रकम खर्च गर्ने अधिकार उपभोक्ता समिति वा बेग्लै निकायलाई दिन पनि राजमोले सुझाएको छ । तर त्यसको अवलोकन भने संसद र सांसदले गर्नुपर्ने उसको मत छ ।

विगतमा कोषको रकममा अनियमितता भए पनि राजमोले कहिल्यै त्यसो नगरेको र अब पनि नगर्ने राजमोकाे भनाइ छ । ‘विगतमा सांसद् विकास कोषको रकम दुरुपयोग भए तर हाम्रो पार्टीमा कहिल्यै पनि त्यस्तो हुने गरेको छैन’, विज्ञप्तिमा भनिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?