Comments Add Comment

विद्युत्त चोरी गर्ने १४ जनामाथि कारबाही

५ जेठ, सप्तरी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।

वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युतकाे खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताए ।

तिनका साथबाट ब्याट्री र एलएडी टिभी एक थान तथा पानी तान्ने मोटर तीन थान बरामद गरिएको छ । दोषीलाई विद्युत् ऐनअनुसार रु पाँच हजार जरिवाना तिराइएको प्राधिकरण राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment