+
+

‘चौका दाउ’मा बर्षाको ४ पुरुषसँग रोमान्स, यी हिरोसँग प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ६ गते ११:१६


संगीतकार शम्भुजित बास्कोटाको कथा तथा संगीतमा तयार भैरहेको चलचित्र ‘चौका दाउ’को हाल काठमाण्डौका विभिन्न स्थानमा छायांकन भैरहेको छ । यो चलचित्रको छायांकन एकसाता अगाडि सुरु भएको हो । सौर्य प्रोडक्शनको प्रस्तुति रहेको यो चलचित्रलाई मनोजराज भण्डारी र सौर्यजीत बास्कोटाले मिलेर बनाइरहेका छन् ।

चलचित्रमा नायिका बर्षा राउत मुख्य भूमिकामा छिन् । उनको जोडीको रुपमा ‘ए मेरो हजुर २’का सह-अभिनेता अजस्र ढुंगानालाई पर्दामा देख्न सकिन्छ । चलचित्रमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा दीर्घ गुरुङको छायांकन, शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको एक्सन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?