Comments Add Comment

अबैध रुपमा ढुंगा र गिटी उत्खननको माग गर्दै गाउँपालिका घेराउ

६ जेठ, विराटनगर । स्थानीय खोलाबाट अवैध रुपमा ढुंगा गिटी उत्खनन् र ओसारपसार गर्न पाउनु पर्ने माग राख्दैै ट्रयाक्टर ब्यवसायीहरुले मोरङको केरावारी गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

ट्रयाक्टर ब्यवसायीहरुले आइतवार विहान गाउँपालिकाको कार्यालय खुलेसँगै घेराउ गरेका हुन् ।

केरावारीस्थित खदम खोलाबाट ढुगा गिटी उत्खनन गर्न रोक लागाएसँगै ट्रयाक्टर ब्यवसायीहरु कार्यालय घेराउ गर्न पुगेका हुन । केराबारी गाँउपालिकाले गएको शुक्रबारदेखि खदम खोलाबाट ढुंगा गिटी उत्खन्न गर्न रोक लगाएको थियो ।

गाउँपालिकाको निर्णयबिरुद्ध ट्रयाक्टर ब्यवसायीहरुले भने खोला दोहन र चुरे क्षेत्रमा पनि ढुंगा संकलन गर्न पाउनु पर्ने माग राखी गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

कृषि प्रयोजनका लागि भन्सार छुट र सहुलियतमा ल्याएका ट्रयाक्टर दुरुपयोग गरी खदम खोला दोहनमा लागेकाहरुले खोला दोहन गर्न पाउनुपर्ने माग राखी गाउँपालिका कार्यालय विहान ९ बजेदेखि घेराउ गरेका हुन् ।

शनिबार पनि उनीहरुले गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेलको घर घेराउ गरेका थिए । चुरे संरक्षण र खोला दोहनको विपक्षमा उभिर्दै आएकी भुजेलको निवास घेराउ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाले गाउँपालिका घेराउको सूचना आएको र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनले हुलहुज्जत गर्न खोजे र भौतिक आक्रमणमा उत्रिए प्रहरी शान्ति सुरक्षा कायम गर्न कठोर बन्न समेत बताए ।

मापदण्ड विपरीत चलेका स्थानीय क्रसर संचालकहरुको उक्साहटमा लागेर ट्रयाक्टर ब्यवसायीहरु गाउँपालिका घेराउ गर्न पुगेको बताइएको छ ।

खदम खोलाबाट उत्खनन् रोक्ने पत्र गाउँपालिका अध्यक्ष रोहित कार्कीको नाममा काटिएको थियो । तर, उनीहरुले कार्कीको घर घेराउ भने गरेका छौनन् । अध्यक्ष कार्की आफै क्रसर संचालक पनि हुन । अध्यक्ष कार्कीलाई दोहन रोक्न चौतर्फी दबाब बढेपछि दोहन रोक्न पत्र काटेका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति बनाएर छानविन थालेपछि मात्रै कार्कीले खोलाबाट उत्खनन रोक्न पत्र काटेका थिए । खदम खोलामा संचालित तीनवटै क्रसर उधोग मापदण्ड विपरीत संचालनमा रहेका छन् ।

महादेव क्रसर, कृष्ण क्रसर र ओम क्रसर मापदण्ड विपरीत खोला क्षेत्रमै संचालनमा रहेका छन् । यी तीन क्रसरका गाउँपालिकाका अध्यक्ष र दुई वडा अध्यक्ष सञ्चालक रहेका छन् ।

जनप्रतिनिधिले नै सञ्चालन गरेका ती क्रसर उद्योगले वर्षौदेखि मापदण्ड विपरीत खोला तथा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदै आएको छ ।

खोला क्षेत्रबाट उत्खन्न गरिँदै आएको ढुंगा गिटी ओसारपसारमा भने कृषि प्रयोजनाका लागि भनी भन्सार छुटबाट भित्राइएका ट्रयाक्टरको प्रयोग हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment