६ जेठ, कैलाली । चुनाव भएको झण्डै तीन महिनापछि नेपाली कांग्रेसले आइतबार प्रदेश ७ को संसदीय दलको नेता चयन गरेको छ । कांग्रेस संसदीय दलको बैठकले डा. रणबहादुर रावललाई दलको नेता चयन गरेको हो ।
प्रदेश संसदमा १२ जना सांसद रहेको नेपाली कांग्रेसका सांसदहरुबीच सहमति जुट्न नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।
आइतबार बसेको सांसदहरुको बैठकले रावललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको सांसद उमादेवी वादीले जानकारी दिइन् ।
कांग्रेसमा भरतबहादुर खड्का र कर्णबहादुर मल्ल पनि रावलसँगै संसदीय दलको नेताका आकांक्षी थिए । आइतबारको बैठकमा खड्का र मल्ल दुबै जनाले समर्थन गरेपछि निर्बिरोध रुपमा रावल संसदीय दलको नेता चयन भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4