
नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो युट्यूबमा हटकेक बनिरहेको छ । यो भिडियोलाई ६ हप्तामा दुई करोडभन्दा बढी पटक हेरिएको छ ।
नेपालबाट अपलोड भएकोमध्ये सबैभन्दा बढी हेरिएको भिडियो २ रुपैयाँ फिल्मको ‘कुटुमा कुटु’ गीतलाई मानिन्छ । यो गीतको भिडियो ६ करोडपटक हेरिसकिएको छ । यदि आश्माको भिडियोले आफ्नो रफ्तार कायम राख्यो भने कुटुमा कुटुलाई चुनौती दिन सक्छ ।
भिडियोमा आश्माले एलियन डान्स दुरुस्तै गरेकी छिन् । उनलाई विश्वभरीका दर्शकहरुको सकामरात्मक प्रतिक्रियाहरु आउका छन् । अहिलेसम्म ७ हजारभन्दा बढि कमेन्ट आइसकेको छ । धेरैले अहिलेसम्म हेरेको यो च्यालेन्जको सबैभन्दा राम्रो डान्स भनेर प्रतिक्रिया दिएका छन् ।
‘यसले प्रमाणित गर्छ कि मानिसले जे कुरा पनि एलियनभन्दा राम्रो गर्न सक्छन्’, द वल्र्ड नामबाट पोष्ट भएको कमेन्टमा लेखिएको छ । मोहम्मद मेमोन नामका व्यक्तिले यो भिडियो हेरेर आफूले नेपाललाई माया गर्न थालेको उल्लेख गरेका छन् ।
सुनिता राईले लेखेकी छिन्, ‘आश्मा दिदीको शरीर कति लचिलो, जता लच्कायो, त्यतै लच्किने ?’ बाल हा नामका व्यक्तिले लेखेका छन्, ‘उनको हरेक मुभ पर्फेक्ट छ, यति सेक्सी गलफ्रेन्ड पाउने व्यक्ति निकै लक्की हो ।’
के हो डामेे तु कोसिता ?
‘डामे तु कोसिता’ एउटा स्पेनिस गीत हो जुन आजभन्दा २० वर्ष अगाडि नै रेकर्ड भएको थियो । पानामाका कलाकार एल चोम्बोले यो गीत गाएका हुन् । डामे तु कोसिताको अर्थ हुन्छ, ‘मलाई त्यो सानो चिज देउ’ । ‘सानो चिज’ भन्नाले गोप्य अंगलाई संकेत गरिएको हो ।
सन् २०१५ मा यो गीतमा एलियनले डान्स गरेको भिडियो यूट्यूबमा आएको थियो । त्यसको तीन वर्ष पछि अर्को सुधारिएको ग्राफिक्स भर्सन आयो जुन भाइरल भइरहेको छ । यो भिडियो एक महिनाभित्रै २० करोडभन्दा बढिपटक हेरिएको छ । अर्कोतर्फ यो भिडियोको कभर डान्स बनाउने विश्वव्यापी होड चलिरहेको छ जसमा बालकदेखि युवा र वृद्धबृद्धासम्म सामेल छन् ।
हेर्नुस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4