Comments Add Comment

स्थानीय तहसम्मै सीप सिकाउने कार्यक्रम सञ्चालनको योजना

६ जेठ, काठमाडौं । सरकारले युवाका लागि रोजगारको अवसर प्रदान गर्न ग्रामीण तहसम्म नै विशेष योजना ल्याउने भएको छ ।

विगतदेखि सञ्चालनमा रहेका सीपमूलक तालिमका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी विशेष योजना तयार गरिएको हो । आगामी वर्षको बजेटमार्फत प्रत्येक नगर तथा गाउँपालिकामा सीपमूलक तालिमका कार्यक्रम सञ्चालन गर्ने गरी योजना ल्याउन लागिएको हो ।

नीति तथा कार्यक्रममा नै यो विषय समेटेर त्यसअनरुपको कार्यक्रम ल्याउने तयारी गरिएको छ । श्रम तथा रोजगार मन्त्रालयले युवाहरु विदेशिने क्रम रोक्न श्रमिकको ज्याला बढाउन लागिएको भन्दै स्थानीय तहसम्म नै व्यवहारिक तालिमहरु सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

अहिले सञ्चालनमा रहेका विभिन्न सीप सिकाउने कार्यक्रमलाई फलदायी हुने स्थानीय तहलाई सीप सम्बन्धी सशर्त कार्यक्रम दिन गृहकार्य भइरहेको छ । श्रम मन्त्री गोकर्ण विष्टले तत्कालै सम्भव नभए पनि केही वर्षभित्रै हातमा सीप नभएका अदक्ष कामदारलाई विदेश जान रोक्ने बताउँदै आएका छन् ।

अदक्ष कामदारलाई विदेश जान रोक्ने निर्मम निर्णय गर्नुपर्ने आवश्यकता औंल्याउँदै सीप सिकाउने संयन्त्रलाई स्थानीय तहसम्म विस्तार गर्ने तयारी सरकारको छ । अदक्ष कामदारले देशभित्र रोजगारी नै नपाउने र विदेशमा पनि राम्रो तलव नपाउने, हेपिने, दुःख पाउने लगायतका समस्या छन् ।

त्यसलाई रोक्न आगामी आर्थिक वर्षको बजेटमा रोजगारसम्बद्ध केही विशेष योजना ल्याइने श्रम तथा रोजगार मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment