Comments Add Comment

जुनियर ओपन लन टेनिस प्रतियोगिता सुरु

६ जेठ, काठमाडौं । काठमाडौंमा आइतबारदेखि ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता सुरु भएको छ ।

आइएमई फाउन्डेसनको आयोजना, अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सुरु भएको प्रतियोगिता नाउलिङ स्पोर्टस् भिल्ला भंगालमा सञ्चालन भएको छ ।

प्रतियोगिताको उद्घाटन आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, हेम लामा, डा. इन्ऽजीत राई र हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले अहिलको प्रतिस्पर्धी युगमा पढाइका अतिरिक्त अन्य विषयमा पनि ज्ञान र अनुभव आवश्यक पर्ने हुँदा बालबालिकाहरुमा खेलकुदप्रति रुची बढाउन प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।

आइतबारको खेलमा आठ वर्ष मूनिको समूहबाट सम्राज्ञी लामा, सिभाली गुरुङ, असोभ हाडा र आद्रित नेपाल फाइनलमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment