Comments Add Comment

नेकपाको हेडक्वाटर टुंगो लगाउने जिम्मा ओली र प्रचण्डलाई

७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)को सचिवालयको बैठकले पार्टी हेडक्वाटरको टुंगो लगाउने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले तत्कालीन एमालेको धुम्बाराहीको कार्यालय वा तत्कालीन माओवादीको पेरिस डाँडाको कार्यालयलाई पार्टी ‘हेडक्वाटर’ बनाउने भन्ने टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिएको हो ।

बैठकले प्रदेश, जिल्ला र संगठनको एकीकरणको जिम्मा समेत अध्यक्षद्वयलाई दिएको छ । अध्यक्षद्वय ओली र प्रचण्डको सुझावका आधारमा तल्लो तहसम्म एकता हुने छ ।

यस्तै पार्टी संचालन नियमावली बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको समितिमा देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

यो समितिले अन्तरिक विधान अन्तर्गत रही पार्टी संचालन नियमावली बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment