Comments Add Comment

यस्तो छ सरकारको नीति तथा कार्यक्रम,  हेर्नुस् पूर्णपाठ

७ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रम अनुसार सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । त्यस्तै आगामी आर्थिक वर्षलाई समृद्धिमा इतिहास रच्ने आधार वर्षको रुपमा दावी गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने, ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै हरेक नेपालीको बैंक खाता र बैंकिङ च्यानलबाट मात्र भुक्तानी गर्ने प्रणाली विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment