Comments Add Comment

जब स्कुल ड्रेसमै कार्यक्रममा पुगिन् करिश्मा…


सोमबार बेलुकी चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ वितरण समारोहमा सबैको आँखा नायिका करिश्मा मानन्धरमाथि पर्यो । यस्ता कार्यक्रममा आकर्षक पहिरन लगाएर पुग्ने गरेकी नायिका मानन्धर यसपटक भने भिन्न पहिरनमा उपस्थित थिइन् ।

विद्यालय पढ्न थालेकी करिश्मा स्कुल ड्रेसमा उपस्थित थिइन् । करिश्मालाई झट्ट हेर्दा कमैले मात्र चिन्न सक्थे । नायिका करिश्मा मानन्धरले विद्यालयबाट घर गएर अर्को पहिरन फेर्ने समय नभएकाले सोही पहिरनमा आउनु परेको बताइन् ।

तर, केही दिन अगाडि नायिका मानन्धरले लगाएको छोटो पहिरनका कारण उनी गसिपमा मुछिएकी छिन् । उनले, आफ्नो पहिरनको बारेमा टिप्पणी गरेपनि रहर, खानेकुरा र उमेरको बारेमा टिप्पणी नगर्न पत्रकारहरुलाई आग्रह गर्दै स्टाटस लेखेकी थिइन् ।

सायद, पत्रकारकै कार्यक्रममा करिश्माले स्कुल पहिरनमै पुगेर गसिपको जवाफ दिन खोजेको हुनसक्छ । तर, जे भएपनि करिश्मालाई मिडियाले पहिलो पटक स्कुल पहिरनमा क्यामेरामा कैद गरेको छ । करिश्मा यो बर्ष एसइइ दिने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment