Comments Add Comment

आर्सनलको प्रशिक्षक बन्ने भए एमेरी

८ जेठ, काठमाडौं । उनाई एमेरी इंग्लिस क्लब आर्सनलको प्रशिक्षक बन्ने भएका छन् । उनले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन छोडेका थिए ।

४६ वर्षीय एमेरीले आर्सेन वेंगरको स्थान लिनेछन् । म्यानचेष्टर सिटीका सहायक प्रशिक्षक मिकेल अर्टेटा पनि यो पदका लागि दाबेदार थिए ।

दुई सिजन फ्रान्सेली क्लब सम्हाल्नु अघि एमेरी सेभिल्लाको प्रशिक्षक थिए । उनले गत सिजन पीएसजीलाई खेलाडीमाथि धेरै रकम खन्याउन लगाएका थिए । तर, सिजनको अन्त्यमा सम्झौता सकिएपछि क्लब छाडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment