८ जेठ, काठमडाौं । प्रहरीले काठमाडौं उपत्यकामा संचालित ७ वटा क्यासिनोमा छापा मारी दुईजनालाई पक्राउ गरेको छ ।
अपराध महाशाखाबाट खटिएको टोलीले एक क्यासिनोका म्यानेजरसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेका तर कुनै परिचयपत्र नभएका नेपाली भाषा बोल्ने सेते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठ रहेको अपराध महाशाखाले जानकारी दिएको छ ।
उनीहरुलाई जुवा ऐन अनुसार कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।
गैरकानुनी रुपमा नेपालीहरुलाई क्यासिनोमा प्रबेश गराइ जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4