Comments Add Comment

के नेहा धुपिया दुई जिउकी छिन् ?

बलिउड अभिनेत्री नेहा धुपियाले गत १० मेमा दिल्लीमा अंगद बेदीसँग गुपचुप बिहे गरिन् । सोनम कपुरको बिहेको खबरले भारतीय मिडिया रंगिएको बेला उनले बिहे गरेको कसैले थाहा पाएनन् । बिहेमा पाहुनाहरु अत्यन्तै थोरै डाकिएका थिए ।

आखिर नेहाले किन यसरी गुपचुप बिहे गरिन् ? यसबारे एउटा हल्ला चलिरहेको छ । हल्ला के छ भने नेहा दुई जिउकी थिइन्, त्यसैले हतारिएर बिहे गरिन् । अंगदसँग लामो प्रेम सम्वन्धमा रहेकी उनी पछिल्लो समय केही मोटाएकी पनि छिन् ।

तर, यो हल्लालाई नेहाका बाबु प्रदिप धुपियाले खन्डन गरेका छन् । उनले आफ्नी छोरी गर्भवती नभएको बताए ।

‘उनीहरु दुवैको सेड्यूल एकदमै टाइट थियो, त्यसैले गुपचुप बिहे गरिएको हो । तर बिहे अपर्झट नभएर योजना मुताबिकै भएको हो,’ उनले भनेका छन् ।

बिहेपछि नेहा र अंगद च्यारिटीका लागि अमेरिका गएका छन् । त्यहाँबाट ५-६ दिनमा भारत फर्किने कार्यक्रम छ । उनीहरुले मुम्बईमा आफ्ना साथी तथा सहकर्मीहरुका लागि रिसेप्सन राख्ने चर्चा पनि छ । उनीहरुको बिहेमा कोही पनि फिल्मी सेलिब्रिटीहरु देखिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment