+
+
Shares

दुई नेपाली एयरलाइन्सको हवाई भाडा विश्वकै महंगो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ९ गते २०:२६


९ जेठ, काठमाडौं । नेपालको अान्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो देखिएको हो ।

रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ ।
विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा देखिएको छ । टाइगर एयरले प्रतिकिलोमिटर ०.०६ अमेरिकन डलरमा उडान गराईरहेको छ ।

यसपछि सस्तोमा उडान गराउने बिमान कम्पनीहरुको दोस्रो सूचीमा रहेको मलेसियाको एयर एसिया एक्सले प्रतिकिलोमिटर ०.०७ मा उडान गराइरहेको छ । इन्डानेसियाको एअर एसियाले भने प्रतिकिलोमिटर ०.०८ अमेरीकन डलरमा सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?