+
+
Shares

लैनचौरमा कालो हिराको कारोबार, ३ करोडमा बार्गेनिङ गर्दागर्दै ८ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ९ गते १६:१५

९ जेठ, काठमाडौं । काठमाडौंको लैनचौर इलाकामा कालो हिराको कारोबार हुने गरेको खुलेको छ ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले हिराको कारोबार हुँदै गर्दा लैनचौर क्षेत्रबाट ८ जनालाई पक्राउ गरेसँगै हिराको कारोबार हुने गरेको सार्वजनिक भएको हो ।

वृत्तका डिएसपी दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सुराकीका आधारमा खोजतलास गर्दा लैनचौरका रमेश रजकले दुई वटा कालो हिरा ३ करोड रुपैयाँमा विक्री गर्न बार्गेनिङ गर्दै गर्दा उनीसहित अन्य ८ जना पक्राउ परेका हुन् ।

पक्राउ परेका अन्यको नाम भने खुलाइएको छैन । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?