Comments Add Comment

सिंहदरवारकै कर्मचारी अमर्यादित : समयमा कार्यालय नआउने र पोशाक नलगाउने ४८ कर्मचारी कारवाहीका लागि सिफारिस


९ जेठ, काठमाडौं । मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारकै कर्मचारीले कार्यालयीय मर्यादा पालना नगरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बुधवार गरेको छड्के अनुगमनका क्रममा दुई मन्त्रालयमामात्रै तीन दर्जन कर्मचारीले मर्यादा पालना नगरेको पाइएको छ ।

केन्द्रले सबा १० बजे कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा एकैसाथ अनुगमन गरेको थियो । अनुगमनका क्रममा वन मन्त्रालयका नौ जना कर्मचारी तोकिएको समयमा कार्यालय नआएका र तीन जनाले तोकिएको पोसाक नलगाएको पाइएको केन्द्रले जनाएको छ ।

त्यस्तै, कृषि मन्त्रालयमा २४ जनाले कार्यालय आउँदा समय पालना नगरेको र १२ जनाले तोकिएको पोसाक नलगाएको पाइएको केन्द्रले जनाएको छ ।

न्यूनतम मर्यादा पालना नगर्ने दुवै मन्त्रालयका गरेर ४८ जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रले बताएको छ ।

अनुगमनका क्रममा उपसचिव तहसम्मका कर्मचारीले मर्यादा पालना नगरेको पाइएको थियो । उनीहरूलाई निजामती सेवा नियमावली अनुसार कारवाही हुने केन्द्रको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment