Comments Add Comment

ट्रम्पलाई न्यायाधीशको आदेश– ट्वीटर फलोअर्सलाई ब्लक नगर्नू

१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न न्यायाधीशले आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरुको तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्ष्टिच्यूटले अदालतमा मुद्दा दर्ता गराएको थियो । अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

विचारकै आधारमा ब्लक गर्नु नाजायज  भएकाले कदम सच्याउन न्यायाधीशले भनेका छन् ।

जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले ट्रम्पको @realDonaldTrump एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका छन् । ‘सामाजिक सञ्जाल जनताको मञ्चको रुपमा अनुमोदित भएको छ । त्यसैले सम्पूर्ण अमेरिकी नागरिकलाई आफ्ना विचारहरु व्यक्त गर्न स्वतन्त्र छाडिदेऊ’, न्यायाधीशले ट्रम्पलाई आदेश दिँदै भनेका छन् ।

न्यायाधीशले यस्तो आदेश दिए पनि ट्रम्प र ह्वाइट हाउस प्रशासनले  भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment