Comments Add Comment

शैक्षिक गुणस्तर खस्किनुमा शिक्षक जिम्मेवारः मुख्यमन्त्री पौडेल

१० जेठ, हेटौंडा । मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक बिकासका लागि अध्यापन गराउने शिक्षकहरु जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

मुख्यमन्त्री पौंडेलले शिक्षक जिम्मेवार नहुँदा शैक्षिक स्तर खस्किएको संकेत गर्दै शिक्षक जिम्मेवार बन्नु पर्ने बताएका हुन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ५ सरीखेतमा रोटरी क्लब हेटौंडाको सहयोगमा निर्माण भएको चारकोठे विद्यालय भवन र चारकोठे छात्राहरुका लागि निर्माण गरेको छात्राबासको बिहीवार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सबै जिम्मेवार बनेमात्र बिकास र समृद्धिको सपना सकार हुने उद्घोष गरे ।

सरकारले मात्र केही गर्न नसक्ने भन्दै सबैको सहयोग र तत्परता रहे आउँदो पाँच वर्षमा मुलुक बिकास र समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे ।

अहिले बिकासको गति राजनीतिक दाउपेचका कारण कमजोर बनेको भन्दै जनतालाई बिकास दिनका लागि यो ऊ नभनी सबै मिलेर लाग्नुपर्ने बताए ।

बिकासमा राजनीति नघुसाउन उनले सबैलाई आग्रह गरे । उनले भने, ‘बिकास र राजनीति फरक पाटो हुन ।’ यो ऊ बहानामा बिकासलाई रोक्न खोजे समस्या आउँने बताए ।

बाटोमा यो ऊ पार्टीको बहानामा बिकास गर्न नदिने चिन्तन बोकेसम्म समृद्धिको सपना साकार नहुने बताए । उनले भने सबैले सहयोग गर्नुस मुलुकमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

रोटरीको सहयोगमा सरीखेतको सुर्योदय माबिमा चार/चार कोठाका दुई बटा भवन ६७ लाख ८९ हजार रुपियाँको लागतमा निर्माण भएको हो ।

भूकम्पका कारण समस्यामा रहेको विद्यालयका लागि रोटरीले ०७३ मंसिर ५ गते विद्यालय र छात्रावास भवनको शिलान्यास गरेको थियो ।

रोटरीले मकवानपुरमा सरीखेतको सुर्योदयसहित पाँच विद्यालयको पुर्वाधार निमार्णमा काम गरेको छ । क्लबले सरस्वती प्राबि, नबलपुर, भृकुटी प्राबि उत्तरपानी, जनजागति माबि रातोमाटे र वालज्योती माबि पिप्लेमा पूर्वाधार निर्माणको काम गरेको हो ।

ती विद्यालयमा १ करोड ४८ लाख ६५ हजार ३ सय तीन रुपैयाँ खर्च गरेको क्लबका अध्यक्ष उज्जवल शर्मा भण्डारीले जानकारी दिए ।

रोटरी क्लब अष्ट्रेलीयाको सहयोगमा क्लबले मकवानपुरको बिभिन्न विद्यालयमा काम गरेको हो ।

अस्ट्रेलियाबाट काम गर्नका लागि १ करोड ६० लाख १ हजार २ सय ३५ रुपियाँ प्राप्त भएको थियो ।

बाँकि रकमबाट सुर्योदयमा छात्रावासमा बसोवास गर्नेका लागि भान्साको निर्माणमा लगाइएको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment