Comments Add Comment

दूध किसानको गुनासो : कृषिका अनुदान कर्मचारीलाई नै ठिक्क


१० जेठ, पोखरा । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले किसानलाई दिइने अनुदान कर्मचारीलाई ठिक्क भएको आरोप लगाएका छन् ।

राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपाल कास्की शाखाले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्मचारीले कागज मिलाएर किसानको अनुदान लिने गरेको बताए ।

उनले भने, ‘सुरुमा कृषकलाई भेट्न आउँदा कर्मचारीहरु नमस्कार गर्दै आउँछन्, अनि कागज बनिसकेपछि भने अनुदान आफै लान्छन्, वास्तविक कृषक भने रित्तो हात पर्छन् ।’

अध्यक्ष न्यूरेले बै‌ंकहरुले पनि किसानलाई ऋण दिन नचाहने गरेको गुनासो गरे । बैंकलाई कमिसन दियो भनेमात्र ऋण दिने गरेको उनले बताए ।

राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले ११ बुँदे माग अघि सारेको छ । समाजले विदेशबाट आयात हुने पाउडर दूधमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने, स्वदेशी डेरी उद्योगको अनुगमन तथा उत्पादनलाई गुणस्तीय बनाउन अनुगमन प्रभावकारी बनाउनुपर्ने लगायतको माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment