Comments Add Comment

गिट्टी–बालुवा उत्खनन् गर्ने जेसिबीसहित ३ ट्याक्टर प्रहरी नियन्त्रणमा

फाइल तस्वीर

११ जेठ, विराटनगर । प्रहरीले अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गर्ने जेसिबी र चार वटा ट्याक्टरलाई बिहीबार साँझ मोरङको केराबारीबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले केराबारी गाउँपालिका ७, ८ र १० स्थित खदम खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन्‌ तथा ओसार पसारमा संलग्न ना १ क ६८५४ नम्बरको जेसिबि तथा को १ त ४८३८, को २ त ७३४०, को २ त ६८४५ र को २ त ४३२१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय, मोरङमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment