+
+
Shares

ग्ल्यामरस फोटो देखाउँदै सोनाक्षीले लेखिन्ः म बिहान यसरी उठ्छु

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ११ गते १३:००

बलिउड नायिका सोनाक्षी सिन्हा इन्स्टाग्राममा हालै एउटा पोष्ट गरिन्, जसले गर्दा उनी ट्रोल भइरहेकी छिन् । उनले ओछ्यानबाट उठ्दै गरेको फोटो राखेर लेखेकी छिन्, ‘म बिहान यसरी उठ्छु ।’

पहिलो कुरा त उनी जसरी उठे पनि कसलाई के मतलबको कुरा भयो र । दोस्रो कुरा उनले जुन पहिरन लगाएकी छिन्, त्यो हेर्दा लाग्दैन कि सुतेर उठेकी हुन् । उनको पहिरन एकदमै टाइट छ ।

सोनाक्षीको तस्वीरमा धेरै व्यंग्यात्मक कमेन्टहरु आएका छन् । एक जनाले लेखेका छन्, ‘यो संसारकी एक मात्र केटी होली जो यस्तो टाइट लुगा लगाएर सुत्छे ।’

अर्काले प्रश्न गरेका छन्, ‘तिमी बिहान उठ्दा उठ्दै फोटो खिच्न को रेडी भएर बसेको थियो ?’

कसैले उनको मेकअपमाथि प्रश्न उठाएका छन् ।

‘यस्तो मेकअपमा सुत्ने त इन्डियन टेलिसिरियलका बुहारी मात्र हुन्छन्,’ एक जनाले लेखेका छन् ।

सोनाक्षी पछिल्लो समय आफ्नो बडी ट्रान्सफरर्मेसनलाई लिएर चर्चित छिन् । फिल्म ‘दबंग ३’ का लागि उनले आफ्नो शरीरको तौल ३५ किलो घटाइसकेकी छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?