Comments Add Comment

गैडहवाको न्यायिक समितिमा लफडा

रकम लिएर मुद्दा फैसला गरेको भन्दै तालाबन्दी

११ जेठ, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाको न्यायिक समितिमा तालाबन्दी गरिएको छ ।

न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुभउती यादवले न्यायिक समितिमा आउने मुद्धाहरुलाई समन्वय नगरी एकलरुपमा निर्णय गरी फैसला गरेको आरोप लगाउँदैै न्यायिक समितिमा तालाबन्दी भएको हो ।

गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत, कर्मचारी र स्थानीयको रोहबरमा न्यायिक समितिका सदस्यहरुले तालाबन्दी गरेकोे समितिका सदस्य शिवकुमार यादवले जानकारी दिए ।

एकलौटी रुपमा मुद्धाको छिनोफानो गर्ने, न्याय माग्न निवदेन लिएर आएका ब्यक्तिहरुसँग उनकै घरमै गइ न्याय दिन्छु भन्दै पैसा असुली गरेको आरोप समितिकै सदस्यले लगाएका छन् ।

६ महिना पहिला गठित न्यायिक समितिले ३ महिनासम्म ५४ वटा मुद्धालाई आपसी छलफलमा छिनोफनो गरेको तर त्यसपछिका केही मुद्धामा संयोजकले पैसा असुलेर एकलौटी रुपमा निर्णय गरेको ती सदस्यको आरोप छ ।

समितिका संयोजक र सदस्यबीच विवाद भएपछि पछिल्ला एक सय भन्दा बढी मुद्धा अहिले अलपत्र परेको यादवले जानकारी दिए ।

संयोजकले समितिमा रहेका सदस्यहरुलाई धम्काउने र मैले नै मुद्धाको निर्णय गर्नुपर्छ भन्ने जस्ता अभिब्यक्ति दिएपछि ताला लगाइएको सदस्य यादवले स्पष्ट पारे ।

समितिका सदस्यहरुसंग छलफल र समन्वय गरी मुद्दाहरुको निरुपण गर्ने लिखित प्रतिवद्धता संयोजकले नगरेसम्म तालाबन्दी नखोल्ने चेतावनी उनले दिएका छन् ।

न्यायिक समितिमा लगाइएको ताला खोल्न बिहीबार बसेको बैठक निश्र्कषविहिन भएको छ ।

संयोजक यादवले समितिमा आएका मुद्धालाई एकलौटी रुपमा नै निर्णय गर्न पाउनुपर्ने अडान राखेपछि तालाबन्दी नखोल्ने समितिका सदस्यहरुले अडान लिएका छन् ।

समितिमा आएका मुद्धा अलपत्र रहँदा सेवाग्राही अन्योल र मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment