Comments Add Comment

बेतना सिमसार विकासको गुुरुयोजना तयार

कछुवाको प्रजनन केन्द्रदेखि क्षेत्रीय चिडियाखाना निर्माणसम्म

१३ जेठ, विराटनगर । पूर्वकै मुख्य पर्यटकीय हवका रुपमा विकास गर्ने योजनाका साथ मोरङको बेतना सिमसार क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएको छ । सिमसार संरक्षण, जैविक विविधताको संरक्षण र पुरातात्विक क्षेत्रको संरक्षण गर्ने वृहत योजनासहित २० वर्षे गुरुयोजनाको खाका तयार भएको हो ।

मोरङको बेलबारी नगरपालिकाअन्तर्गत रहेको वेतनालाई अझ विस्तार एवं व्यवस्थित गर्न ४८ करोडको लागतमा विषयगत विज्ञहरुको टोलीले गुरुयोजनाको मस्यौदा तयार पारेको हो ।
बेतना सिमसार सामुदायिक वनले २०७४/०७५ देखि ०९३/०९४सम्मको लागि पर्यापर्यटन विकास मार्फत आर्थिक लाभ हासिल गर्ने लक्ष्य राखेको छ ।

हरित नेपाल विकास प्रालिका डा. भरत सुब्बा, डा. तिलक गौतमलगायतका विज्ञसहितको टोलीले सिमसारको गुरुयोजनाको मस्यौदा निर्माण गरेको छ । ०६१ सालबाट समिति बनाएर सिमसारको संरक्षण थालिएको थियो

गुरुयोजना निर्माण मस्यौदा परामर्शदाता केशव अर्यालका अनुसार संरक्षित सिमसार क्षेत्रलाई ३ भागमा वर्गीकरण गरी उचित व्यवस्थापन गर्ने योजना छ । कुल १७४ दशमलव ९१ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार पूर्ण संरक्षित क्षेत्र रहनेछ ।

त्यस क्षेत्रमा संरचना निर्माण गर्न नदिने समेत गुरुयोजनामा उल्लेख गरिएको छ ।

कछुवाको साथै घोडियाल गोहीको प्रजनन केन्द्र स्थापना गर्ने लक्ष्य पनि गुरुयोजनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment