Comments Add Comment

भुपेन्द्र न्यौपानेको ‘अरुसँग हास्दै बोल मसँग रिसाएपनि’ सार्वजनिक

टेक्सस / नेपालमा लामो समयदेखि लेखन विधामा होमिएका यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसंग हास्दै बोल मसँग रिसाए पनि’ को अडियो सार्बजनिक भएको छ ।

अमेरिकामा बसेता पनि आफ्नो विधालाई निरन्तरता दिदै आएका न्यौपाने अमेरिकामा विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् । उनले आफूले अमेरिकामा पनि समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

साथसाथै समुदायका कार्यक्रमहरुमा विभिन्न पुरस्कार तथा सम्मान पाउने क्रम जारी छ । अडियो सार्बजनिक भएतापनि छायाँकनको सुरुअात राष्ट्रिय कलाकार तथा प्राबिधिक लिएर चलचित्र शैलीमा हुने न्यौपानेले बताए ।

यसको छायांकन सुरु भैसकेको र अर्को हप्ता सार्वजनिक गरिने जानकारी न्यौपानेले दिएका छन् । जसका संगीतकार सन्तोष श्रेष्ठ ,गायक बिश्व नेपाली रहेका गीतकार भुपेन्द्र न्यौपानेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment