Comments Add Comment

प्रदेश १ मा सुरु भयो घरमा स्टिकर टाँस्ने अभियान

१ महिना भित्र १० हजार स्टिकर टाँसिने

१४ जेठ, विराटनगर । प्रदेश १ सरकारले जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत प्रदेशका १४ जिल्लामा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

प्रदेश सरकारले एक महिनाभित्र १४ वटै जिल्लाको १० हजार नागरिकको घरमा स्टिकर टाँस्ने बताएको छ । त्यसका लागि करिब ५० लाख रुपैयाँको लागतमा स्टिकर तयार पारिएको छ ।

सरकार गठन भएको १९ दिनमा सय दिनभित्र गरिने कार्यक्रममा प्रदेश सरकारले जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत स्टिकर टाँस्ने अभियान समावेश गरेको थियो ।

स्थानीय आर्दश उच्च माविको खेल मैदानमा सोमबार अभियानको शुरुवात मुख्य मन्त्री शेरधन राईले विद्यालयको हाताको भवनमा स्टिकर टाँसेर शुभारम्भ गरेका थिए ।

स्टिकरमा प्रदेश प्रहरी कार्यालय विराटनरको टोल फ्रि नम्बर, संघीय प्रहरी कार्यालयको टेलिफोन नम्बर र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको नम्बर राखिएको छ ।

मुख्य मन्त्री राईले प्रदेश १ लाई सबैखाले अपराधबाट मुक्त राख्नका लागि जनतासंग प्रहरी कार्याक्रम अन्तर्गत घरघरमा स्टिकर टाँसिएको बताए । ‘प्रदेश १ लाई सुशासन, भष्ट्राचार र अपराधमुक्त बनाउने दृढ संकल्प साथ प्रदेश सरकार अगाडि बढेको छ, त्यसको पहिलो कदमका रुपमा जनतासंग प्रहरी कार्यक्रम अन्तर्गत स्टिकर टास्ने अभियानमा प्रदेश सरकार जुटेको छ’ उनले भने ।

मुख्य मन्त्री राईले प्रदेश सरकार अपराध नियन्त्रण गर्न जुनुसुकै कदम चाल्न पनि पछि नहट्ने बताए ।

यो अभियानले अन्यत्र पनि राम्रो सन्देश जाने मुख्यमन्त्री राईले दाबी गरे । अभियान सुरु भएसँगै अब एक महिनाभित्र जिल्लादेखि स्थानीय तहसम्म रहेका प्रहरी कार्यालयबाट खटिने सुरक्षाकर्मीले घरघरमा पुगेर सरकारले तयार गरेकोे स्टिकर टाँस्ने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

प्रदेश सरकारले प्रहरीलाई जनताबाट कुनै घटना भएको सूचना प्राप्त भएपछि पहाडमा एक घण्टा र तराईमा आधा घण्टाभित्र घटनास्थल पुगिसक्ने व्यवस्थ्ा मिलाउने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment