Comments Add Comment

६ हजार ७ सय विद्यार्थीलाई २८ लाख छात्रवृत्ति

जेठ १४, बुटवल । गणतन्त्र दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले सामुदायिक विद्यालयका आधारभूत र मावि तहका ६ हजार ६९६ जना विद्यार्थीलाई करिब २८ लाख रुपैयाँ छात्रवृत्ति विरण गरेको छ ।

उपमहानगरमा ३८ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये चार वटा धार्मिक विद्यालय छन् ।

तिनै सामुदायिकमा अध्ययनरत छात्रा, दलित र जेहेन्दारलाई छात्रवृत्ति उपलव्ध गराइएको हो । यहाँ संस्थागत विद्यालय ६२ वटा छन् ।

आधारभूत तहका तीन हजार नौ सय ९६ जनालाई जनही चार सय, आधारभुत तर्फ दलित दुई हजार दुई सय ४८ जनाले जनही चार सय, दलित मावि तहका तीन सय ८२ जनाले नजही पाँच सयका दरले छात्रवृत्ति वितरण गरिएको उपमहानगरका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।

छात्रवृत्तिका लागि उक्त रकम उपमहानगरले सम्बन्धित विद्यालयहरुमा त्यहाँको तथ्यांकका आधारमा उपलव्ध गराएपछि सोमबार सबै सामुदायिक विद्यालयमा एक साथ वितरण भएको नगर प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

गणतन्त्र दिवसको पूर्व सन्ध्यामा एकसाथ छात्रवृत्ति कार्यक्रम शुरु गरिएको प्रमुख सुवेदीले बताए ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ५सय ७२ जना विद्यार्थीका लागि आवश्यक पर्ने पाठयपुस्तकको रकम विद्यालयको खातामा यसअघि नै निकासा गरिसकेको छ ।

सात सय अति विपन्न छात्र छात्राहरुलाई हाजिरीका आधारमा नियमिततामा प्रेरित गर्नका लागि दैनिक २० रुपैयाँ बराबरको खाजा व्यवस्थापनका लागि रकम उपलब्ध गराउँदै आएको उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

नगरपालिकाले शिक्षा ऐनको मस्यौदा तयार गरी कार्यलपालिकामा पेश गरि शिक्षा ऐन पारित भएको र नगर शिक्षा नियमावलीको मस्यौदा छलफलको चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment