Comments Add Comment

श्रमिकले पाउने सेवा शुल्कको हिस्सा वृद्धि, होटल मजदुरको आम्दानी बढ्दै


१४ जेठ, काठमाडौं । होटल, मोटल, रेष्टुरेन्ट जंगल सफारीका सञ्चालकले ग्राहकबाट उठाउँदै आएको सेवा शुल्कको ७१ प्रतिशत रकम श्रमिकलाई नै दिनुपर्ने भएको छ । यसले होटलमा काम गर्ने मजदुरको आम्दानी बढ्नेछ ।

अहिले यस्ता प्रतिष्ठानले ग्राहकबाट थप १० प्रतिशत सेवा शुल्क उठाउँदै आएका छन् । अब त्यसरी उठेको रकमलाई मासिक रुपमा शत प्रतिशत मानेर श्रमिकलाई ७१ प्रतिशत भुक्तानी गर्नुपर्ने भएको छ ।

सोमबार श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको श्रम नियमावलीमा सेवा शुल्कको ७१ प्रतिशत रकम कामदारलाई दिनुपर्ने व्यवस्था गरिएको हो । कामदारले यस्तो सेवा शुल्कबापत उठाइने रकमको ६८ प्रतिशत रकम पाउँदै आएका छन् ।

अब २४ प्रतिशत रकम मात्रै ब्रेकेज तथा अपरेशनल लिकेजको लागि छुट्याइने भएको छ । यो रकम होटल सञ्चालकहरुले राख्नेछन् ।

अब होटल व्यवसायसँग सम्बन्धित संगठनले २.५ प्रतिशत र होटल क्षेत्रका ट्रेड युनियन संघले सेवा शुल्कको २.५ प्रतिशत रकम पाउनेछन् ।

अहिले सेवा शुल्कको ३२ प्रतिशत रकम सञ्चालकहरुले राख्छन् । त्यसको २ प्रतिशत रकम भने होटल संघ (हान)मा दिनुपर्ने व्यवस्था थियो । ३० प्रतिशत रकम भने लिकेज व्यवस्थापनको लागि छुट्याइने गरिन्छ ।

अब श्रमिकले यसअघिभन्दा ३ प्रशितत बढी रकम पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment