Comments Add Comment

रुपन्देहीको कपास उद्योगमा आगलागी

फाइल तस्वीर

१५ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ स्थित श्रीराम कपास उद्योगमा आगलागी भएको छ । बिहान ४ बजेतिर भएको आगलागीबाट करिव १५ लाख रुपैयाँ बरारको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

आकाशबाट पानी परेको अवस्थामा विद्युत सर्ट भई आगो लागेको जिल्ला प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको प्रयोग गरी डेढ घण्टामा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment