Comments Add Comment

पुष्प-धीरेन्द्रको सम्झनामा दमकमा रक्तदान

१५ जेठ, झापा । गणतन्त्र दिवसको अवसर पारेर पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठानले दमकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा ४ दर्जनले रक्तदान गरेका थिए।

कार्यक्रममा नगर प्रमुख ओलीले मुलुकको परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सबै सहिद तथा वेपत्ता योद्धाको सपना पूरा गर्न निरन्तर लागिरहने बताए।

झापा दमकका पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका युवा हुन् । उनीहरु दुवै जना झापा दमक-१ का भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका छोरा हुन्। पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठान उनीहरुकै नाममा स्थापित संस्था हो।

मुलुकमा गणतन्त्र ल्याउन आफ्नो जीवन नै वलिदान गरेका योद्धाहरुको सम्मान र सम्झनामा गणतन्त्र दिवसकै दिन रक्तदान कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले जनाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment